PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

यस्तो हुनेछ सबैभन्दा सानो मतपत्र, तपाईँको प्रदेशको मतपत्र कस्तो? हेर्नुस् नमूना



यस्तो हुनेछ सबैभन्दा सानो मतपत्र, तपाईँको प्रदेशको मतपत्र कस्तो? हेर्नुस् नमूना

काठमाडौँ : आगामी मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सबैभन्दा सानो मतपत्र मनाङको छ। मनाङमा प्रतिनिधि सभाको एक सिट र प्रदेश सभाका दुवै सिटमा दुई दुई जना मात्र उम्मेदवार छन्। 

प्रतिनिधि सभाको एक सिटका लागि नेपाली कांग्रेसबाट  टेकबहादुर गुरुङ र एमालेबाट पोल्देन छोपाङ गुरुङ उम्मेदवार छन्। त्यसैले प्रत्यक्षतर्फ प्रतिनिधि सभाको मतपत्रमा कांग्रेसको रुख र एमालेको सूर्य चिह्नमात्र छ। 

त्यसैगरी प्रदेशको एक नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका चिन्तबहादुर घले र एमालेका दोर्जे डंडुल गुरुङ उम्मेदवार छन्। त्यहाँको मतपत्रमा पनि कांग्रेसको रुख र एमालेको सूर्य चिह्नमात्र छ।

उता प्रदेशको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका कर्म गुरुङ र स्वतन्त्रका राजीव गुरुङ उम्मेदवार छन्। गुन्डा नाइके दीपक मनाङेका रुपमा चर्चित गुरुङलाई एमालेले समर्थन गरेको छ। एमाले उम्मेदवारले पनि मनोनयन पत्र दर्ता गरेको भए पनि गुरुङलाई समर्थन गर्दै नाम फिर्ता लिएपछि यहाँ पनि दुई जना मात्रै उम्मेदवार भएका छन्। मतपत्रमा कांग्रेसको रुख चिह्न र मनाङेको बालक चुनाव चिह्न छ। 

पहिलो चरणमा मतदान हुने जिल्लाका मतपत्रको नमूना यस्तो छ-
 

प्रदेश नं. १

प्रदेश नं. ३

प्रदेश नं. ४

प्रदेश नं. ५

प्रदेश नं. ६

प्रदेश नं. ७



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell