PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

नेशनल कलेज सम्बन्धन : अन्तरिम आदेश रद्द गर्न शिक्षा मन्त्रालयले दियो सर्वोच्चलाई निवेदन



नेशनल कलेज सम्बन्धन : अन्तरिम आदेश रद्द गर्न शिक्षा मन्त्रालयले दियो सर्वोच्चलाई निवेदन

काठमाडौँ : शिक्षा मन्त्रालयले नेशनल मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश रद्द गर्न माग गर्दै  सर्वोच्च अदालतमा ‘भ्याकेट’ निवेदन दिएको छ।

त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले उक्त कलेजको सम्बन्धन खारेज गर्ने निर्णय गरेको थियो। काठमाडौं नेशनल कलेजका तर्फबाट जैनुद्दिन अन्सारीले निर्णयविरुद्ध असोज ३१ गते रिट दर्ता गरेका थिए। कार्तिक ८ गते न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले सम्बन्धन खारेज गर्ने निर्णय कानुनसम्मत नभएको भन्दै कार्यान्वयन गर्न रोक लगाएको थियो।

सर्वोच्चको उक्त आदेशलाई रद्द गर्न माग गर्दै मंगलबार शिक्षा मन्त्रालयले निवेदन दिएको शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले बताए।

कलेजको सम्बन्धन खारेजको निर्णय कार्यान्वयनमा गर्न रोक लगाएसंगै डाक्टर गोविन्द केसीले अदालतविरुद्ध आन्दोलन गर्ने बताएका थिए।

सर्वोच्चको आदेशपछि शिक्षा मन्त्रालयले मापदण्डै नपुगेको काठमाडौं नेशनल कलेजलाई सम्बन्धन र मान्यता दिनू भन्दै मेडिकल काउन्सिलका नाममा तीनदिन अघि चिठी लेखेको थियो। शिक्षा मन्त्रालयले चिठी काटेको थाहा पाउने बितिकै डाक्टर गोविन्द केसीले पत्रकार सम्मेलन गरी शिक्षा मन्त्री गोपालमान श्रेष्ठ माफियाको चंगुलमा परेर कलेज सञ्चालन अनुमति दिएको आरोप लगाएका थिए।  डा केसी र श्रेष्ठको टेलिफोन वार्तामा भनाभन समेत भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell