PahiloPost

Feb 4, 2025 | २२ माघ २०८१

मोहन वैद्य नेतृत्वको मोर्चा मुठ्ठी चुनाव चिह्न लिएर मैदानमा, पूरा हुनै नसक्ने घोषणापत्र सार्वजनिक

मोहन वैद्य नेतृत्वको मोर्चा मुठ्ठी चुनाव चिह्न लिएर मैदानमा, पूरा हुनै नसक्ने घोषणापत्र सार्वजनिक


काठमाडौँ : संविधान सभाको दोस्रो निर्वाचन बहिस्कार गरेको मोहन वैद्य नेतृत्वको पार्टी यस पटक मुट्ठी चुनाव चिह्न लिएर मैदानमा उत्रिएको छ। भण्डाफोर गर्ने नीति सहित उनको नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले आज घोषणापत्र सार्वजनिक गरेको छ। 

घोषणापत्रको दोस्रो अनुच्छेदमै संविधानलाई पश्चगामी चरित्रको ठहर गर्दै यसको खारेजीमा आफूहरुको जोड रहेको उल्लेख छ। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने नीति लिएको भन्दै घोषणापत्रमा जनगणतान्त्रिक संविधान निर्माण गर्ने लक्ष्य राखिएको छ। 

संसदवादी दलहरुले देश र जनताको हितविरुद्ध गर्ने सबै प्रकारका गलत कार्यको विरोध र भण्डाफोर गर्दै संसदीय निर्वाचनलाई संघर्षको एउटा मञ्चको रुपमा क्रान्तिकारी उपयोग गर्ने नीति लिएको हो, घोषणापत्रमा लेखिएको छ। 

कांग्रेस एमाले र माओवादी केन्द्रको तीव्र एवं व्यापक भण्डाफोर गरेर जनसमक्ष जाने घोषणापत्रमा उल्लेख छ। 

पार्टीले आफ्नो घोषणापत्रमा लेखिएका नीति पूरा हुननसक्ने पनि स्वीकार गरेको छ। लेखेको छ, 'यस घोषणापत्रमा देश र जनताका वृहत्तर हितका पक्षमा उल्लेख गरिएका नीति तथा कार्यक्रमहरु वर्तमान राज्य व्यवस्था अन्तर्गत हुने आवधिक निर्वाचनहरुलाई उपयोग गरेर वा जित हासिल गरेर मात्र परिपूर्ति गराउन सकिँदैन र सम्भव पनि छैन।'

मोर्चाले पहिलो चरणको निर्वाचनमा प्रतिनिधि सभातर्फ १४ जना र दोस्रो चरणमा ७८ जना उम्मेदवार उठाएको छ।  


ट्रेन्डिङ पोस्ट

Ncell