PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

एएफसी एसियन कप क्वालिफायर : फिलिपिन्स र नेपालको फरक लक्ष्य



गोविन्दराज नेपाल

एएफसी एसियन कप क्वालिफायर : फिलिपिन्स र नेपालको फरक लक्ष्य
फोटो : एन्फा

काठमाडौं : एएफसी एसियन कप क्वालिफायर अन्तर्गत भोली नेपाल र फिलिपिन्सबीच एन्फा कम्प्लेक्स सातलोबाटोमा खेल हुँदैछ।

नेपाल र फिलिपिन्स दुवै टोली फरक लक्ष्यका साथ मंगलबार मैदान उत्रनेछन्। कारण फिलिपिन्स यही खेलको नतिजाबाट पहिलो पटक एसिया कपमा छनोट हुन चाहन्छ। यता छनोटबाट बाहिरिसकेको नेपालका लागि भने कप्तान अनिल गुरुङको यो अन्तिम खेल हुनेछ। यस्तै मंगलबारै यमन र ताजिकिस्तान बीच पनि खेल हुनेछ।

समूह एफमा अपराजित रहेको फिलिपिन्स ४ खेलबाट ८ अंक जोड्दै अंकतालिकामा शीर्ष स्थानमा छ। यता १ अंक मात्र रहेको नेपाल भने यसअघि नै छनोट होडबाट बाहिरिसकेको छ।

यस समूहमा रहेका कुनै पनि टोली अहिलेसम्म एसियन कप खेलेका छैनन्। त्यसैले सन् २०१९ मा हुने एसिया कपमा छनोट हुने दुई टोलीले इतिहास रच्ने पक्का छ।

छनोटको पहिलो खेल नेपालले फिलिपिन्समा गएर खेलेको थियो। जहाँ दश खेलाडीमा झरेको नेपाल फिलिपिन्ससँग ४-१ ले पराजित भयो। त्यही नतिजाले नै नेपालको पछिल्ला खेललाई समेत प्रभावित बनायो। त्यसपछि फिलिपिन्सले एक खेलमा जित निकाल्दा की दुई खेल बराबरी खेल्यो। नेपालको कथा भने फरक रह्यो। घरेलु मैदानमा यमनलाई बराबरीमा रोक्नु नै नेपालको ठूलो उपलब्धी रह्यो। ताजिकिस्तान विरुद्धको हो अवे दुवै खेलमा नेपाल पराजित भयो।

फिलिपिन्स भोली नेपालविरुद्धको नतिजा आफ्नो पक्षमा पार्दै इतिहासमै पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा छ।

भोली हुने खेल नेपालको लागि नतिजा भन्दा पनि अनिलको बिदाई र समर्थकहरुलाई खुशी तुल्याउने माध्यम हुनेछ। अनिल गुरुङले नेपालका लागि ४९ खेल खेलिसकेका छन् र भोलीको खेलमा फिलिपिन्स विरुद्ध एकैछिन भएपद्दि मैदान उत्रेर ५०औँ क्याम जित्दै आफ्नो अन्तर्राष्ट्रिय करियर पूर्णवराम लगाउने योजनामा छन्। अनिलले सोमबार एन्फा कम्प्लेक्समा भोलीको खेलका लागि ब्यग्र प्रतिक्षामा रहेको छनक दिएका थिए।

उनले अहिलेसम्म आफूले कमाएको दुई उपलब्बी नेपालको १० नम्वर जर्सी र नेपाली फ्यान सँधै मिस हुने बताएका छन्।

सँगै फरवार्डमा खेल्ने जुमानु राई र सन्तोष साउखला कता छन् भनेर खोज्नुपर्ने अवस्थामा उमेरले ३ दशक काटेका अनिल भने अझै फुर्तिका साथ मैदानमा कुदिरहेका छन्। होचो कदका भएपनि अनिल जम्प गरेर हेडिङ हान्न माहिर छन्।

राष्ट्रिय टोलीका लागि आफ्नो अन्तिम खेल हेर्न अनिलले सबै फ्यानलाई एन्फा कम्प्लेक्समा पुगेर हेर्न आग्रह समेत गरेका छन्।

नेपाल र फिलिपिन्सबीच मंगलबार दिउँसो २ बजे खेल हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell