PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

'बंगलादेशविरुद्ध साफमा गरेको गोल उत्कृष्ट', यी हुन् अनिल गुरुङले नेपालका लागि गरेको १० अन्तर्राष्ट्रिय गोल



गोविन्दराज नेपाल

'बंगलादेशविरुद्ध साफमा गरेको गोल उत्कृष्ट', यी हुन् अनिल गुरुङले नेपालका लागि गरेको १० अन्तर्राष्ट्रिय गोल

काठमाडौं : १० वर्ष, १० गोल अनी १० नम्वर जर्सी। अनिल गुरुङको लागि १० नम्वर निकै फाप्यो। अन्तिम खेलमा पनि अनिलले १० मिनेट नै खेले।

१० नम्वर जर्सी लगाएर नेपालको लागि दश वर्ष खेल्दै १० गोल गरेका अनिलले मंगलबार राष्ट्रिय टोलीबाट सन्यास लिए। एएफसी एसियन कप छनोटनअन्तर्गत फिलिपिन्सविरुद्ध नेपालको लागि अन्तिम १० मिनेट खेले। सुजल श्रेष्ठको स्थानमा अनिल गुरुङ ८१औँ मिनेटमा मैदान प्रवेश गरेका थिए।

एन्फा कम्प्लेक्समा भएको अनिलको बिदाई खेलमा नेपालले फिलिपिन्सलाई गोलरहित बराबरीमा रोक्दै सुखद बनायो।

नेपालका १५औँ कप्तान अनिल गुरुङले मंगलबार फिलिपिन्सविरुद्ध खेलेपछि नेपालका लागि ५० खेल खेल्ने कोसेढुङ्गा समेत पूरा गरे।

सन् २०१० को विश्वकप छनोटअन्तर्गत सन् २००७ मा ओमान विरुद्ध मस्कटमा खेल्दै नेपालका लागि डेब्यु गरेका अनिलले एक दशकको अन्तर्राष्ट्रिय फुटबल करियरमा १० गोल गरे। तर नेपाली फुटबलको आधिकारित निकाय अखिल नेपाल फुटबल संघको डेटा अनुसार अनिलको गोल संख्या ९ मात्र छ।

अनिलले साफ च्याम्पियनसिपमा ४, विश्वकप क्वालिफायरमा २ तथा मर्डेका कपमा १ गोल गरेका थिए भने बाँकी ३ गोल मैत्रीपूर्ण खेलमा गरेका थिए।

सन् २००८ मा पोखरामा भएको पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलमा अनिलले नेपालको लागि पहिलो गोल गरेका थिए।

अनिलले सबैभन्दा धेरै गोल काठमाडौंको दशरथ रंगशालमा गरेका छन्। उनले त्यहाँ कूल ४ गोल गरेका थिए भने पोखरा रंगशाला र ढाकाको बंगबन्धु नेशनल स्टेडियममा २-२ गोल गरे।

यस्तै पेटिलङ जयाको एमबिपिजे स्टेडियम र कोलकताको मोहम्मद स्पोर्टिङमा १-१ गोल गरेका छन्।

अनिलले सबैभन्दा धेरै ३ गोल अफगानिस्तान विरुद्ध गरेका छन्। यस्तै भुटान र टिमोर लेस्ट विरुद्ध २-२ तथा भारत, पाकिस्तान र बंगलादेशविरुद्ध १-१ गोल गरेका छन्।


'बंगलादेश विरुद्धको गोल उत्कृष्ट'

सन् २००८ मा नेपालका लागि पहिलो गोल गरेका अनिलले अन्तिम गोल सन् २०१३ भारतविरुद्ध साफ च्याम्पियनसिपमा गरे।

२०१३ मा काठमाडौंको दशरथ स्टेडियममा भएको प्रतियोगितामा अनिलले २ गो गरे। दुवै गोल उनले समूह चरणमा गरे, बंगलादेश र भारत विरुद्ध।

अनिलले मंगलबार सन्यास लएपछि बंगलादेश विरुद्धको खेल सबैभन्दा उत्कृष्ट भएको बताए। 'त्यो गोल मैले निकै अफ्ठ्यारो ठाउँबाट गरेको थिएँ। त्यही नै मेरो करियरको बेस्ट गोल हो।'

अनिलले हेडमार्फत उक्त गोल गरेका थिए।

यस्तो थियो बंगलादेश विरुद्ध गरेको गोल।



अनिल गुरुङले गरेका चार अन्तर्राष्ट्रिय गोल



सन् २००८ मा मर्डेका कपमा अफगानिस्तान विरुद्ध गरेको गोल।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell