PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

यू-१९ क्रिकेट : नेपाल भर्सेस अफगानिस्तान (हेड टु हेड)



गोविन्दराज नेपाल

यू-१९ क्रिकेट : नेपाल भर्सेस अफगानिस्तान (हेड टु हेड)

काठमाडौं: पहिलोपटक एसीसी यू-१९ एसिया कपको समूह चरण पार गरेको नेपाली यू-१९ टोलीले शुक्रबार चिरपरिचित प्रतिद्वन्दी अफगानिस्तान यू-१९ सँग खेल्दैछ। सन् २००७ को एसीसी यू-१९ एलिट कपबाट सुरु भएको नेपाल र अफगानिस्तानको भिडन्त रोमाञ्चक छ।

२००७ को एलिट कप फाइनलमा नेपालले अफगानिस्तानलाई ४८ रनले पराजित गरेको थियो। तर त्यसपछिको अफगानिस्तानमा धेरै परिवर्तन आइसकेको छ र नेपालको लागि कठिन चुनौती बन्दै आएको छ।

पछिल्लो पटक गत जुलाईमा सिंगापुरमा भएको यू-१९ विश्वकप छनोटको दुवै खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो।

सन् २००७ यता नेपाल र अपगानिस्तान यू-१९ लेभलमा ९ पटक भिडेका छन्। जसमा ३ पटक मात्र नेपालले जित हात पारेको छ भने बाँकी ६ पटक अफगानिस्तान विजयी भएको छ।


हेड टु हेड : नेपाल भर्सेस अफगानिस्तान

एसीसी यू-१९ एलिट कप

२००७ : नेपाल ४८ रनले विजयी

२००९ : नेपाल ६ विकेटले पराजित

२०११ : नेपाल ६ विकेटले विजयी समूह चरण, फाइनलमा अफगानिस्तान ६१ रनले विजयी

 

एसीसी यू-१९ प्रिमियर लिग

२०१४ : अफगानिस्तान ५ विकेटले विजयी

२०१५ : अफगानिस्तान १० विकेटले विजयी

 

आइसीसी यू-१९ वर्ल्ड कप क्वालिफायर

२०११ : नेपाल ४२ रनले विजयी

२०१७ : नेपाल १४२ रनले पराजित पहिलो लिग, नेपाल ९६ रनले पराजित दोस्रो लिग



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell