PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

मतदान र मतदाताबारे जान्नै पर्ने ११ प्रश्नको उत्तर



मतदान र मतदाताबारे जान्नै पर्ने ११ प्रश्नको उत्तर

काठमाडौँ : प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि पहिलो चरणमा भोलि ३२ जिल्लामा मतदान हुँदैछ। त्यसैगरी दोस्रो चरणमा मंसिर २१ गते बाँकी ४५ जिल्लामा मतदान हुँदैछ। मतदाता र मतदान बारे जान्नै पर्ने तथ्य


१) प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा कसले मतदान गर्न पाउँछ? 
फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता भर्इ निर्वाचन आयोगको अन्तिम मतदाता नामावालीमा नाम भएका वि.स. २०७४ साल भदौ ५ गते १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक।

२) मतदाता नामावाली भनेको के हो? मतदाता नामावलीमा आफ्नो नाम कसरी हेर्ने सकिन्छ? 
निर्वाचन आयोगले तयार गरेको फोटो र विवरणसहितको मतदाताको नाम भएको अन्तिम सूची नै मतदाता नामावली हो। मतदाता नामावलीमा आफ्नो नाम हेर्न परेमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा गर्इ हेर्न सकिन्छ र घरमै बसी इन्टरनेटबाट निर्वाचन आयोगको website www.election.gov.np मा हेर्न सकिन्छ।

३) कुन मितिसम्म १८ वर्ष उमेर पुगी मतदाता नामावलीमा नाम दर्ता गराएको मतदाताले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्न पाउँछ? 
वि.स. २०७४ साल भाद्र ५ गतेसम्म १८ वर्ष उमेर पूरा भर्इ अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको मतदाताले मतदान गर्न पाउँछन्।

४) मतदान भनेको के हो? 
प्रतिनिधि छनोट गर्नको लागि मतपत्रमा मतसङ्केत गरी तोकिएको मतपेटिकामा मतपत्र खसाउने कार्य।

५) मतदाताले जुनसुकै मतदान केन्द्रबाट मतदान गर्न पाइन्छ? 
पाइँदैन। आफ्नो नाम जुन वडाको मतदाता नामावलीमा छ, त्यही वडाको तोकिएको मतदान केन्द्रमा गएर मात्र मतदान गर्न पाइन्छ।

६) मतदाताले मतदान केन्द्रमा जाँदा के के कागजात लैजानुपर्छ?
निर्वाचन आयोगले मतदातालार्इ उपलब्ध गराएको मतदाता परिचय पत्र वा त्यो छैन भने आयोगले तोकेको प्रमाण जस्तै पासपोर्ट, ड्राइभिङ लाइसेन्स वा सरकारी निकायले जारी गरेको फोटो सहितको परिचय पत्र। 

७) प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपत्र कस्तो हुन्छ?
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि मतपत्रमा रहने निर्वाचन चिह्न र अन्य विवरण प्रतिनिधि सभाका लागि हरियो रङ र प्रदेश सभाका लागि कालो रङमा छपार्इ भएको हुन्छ। त्यसैगरी समानुपातिक प्रणालीतर्फको मतपत्रमा रहने निर्वाचन चिह्न र अन्य विवरण रातो रङमा छपार्इ भएको हुन्छ।

८) मतदान कसरी गर्ने? 
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनको लागि 

•    मतदाताले मतपत्र लिएपछि मत सङ्केत गर्ने गोप्य स्थानमा जानुपर्छ।
•    आयोगले उपलब्ध गराएको स्वास्तिक चिह्न प्रतिनिधि सभा सदस्यका लागि व्यवस्था गरिएका निर्वाचन चिह्नमध्ये आफूले रोजेको कुनै एक उम्मेदवारको चुनाव चिह्नमा रहेको कोठाभित्र मतसङ्केत गरी सो मतपत्र छाप नदेखिने र छाप नदेखिने र अन्य स्थानमा नलत्पतिने गरी मतपत्रलार्इ पट्यार्इ हरियो रङको स्टिकर टाँसिएको मतपेटिकामा खसाल्नुपर्दछ।
•    त्यस पश्चात आयोगले उपलब्ध गराएको स्वस्तिक चिह्न मतपत्रमा प्रदेश सभा सदस्यका लागि व्यवस्था गरिएको निर्वाचन चिह्नमध्ये आफूले रोजेको कुनै एक उम्मेदवारको चिह्न रहेको कोठाभित्र मतसङ्केत गरी सो मतपत्र छाप नदेखिने र अन्य स्थानमा नलत्पतिने गरी मतपत्रलार्इ पट्यार्इ कालो रङको स्टिकर टाँसिएको मतपेटिकामा खसाल्नु पर्दछ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनको लागि 
•    मतदाताले मतपत्र लिएपछि मतसङ्केत गर्ने गोप्य स्थानमा जानुपर्छ।
•    आयोगले उपलब्ध गराएको स्वास्तिक चिह्न भएको छाप लिर्इ मतपत्रको माथिल्लो खण्ड (मतपत्र न. १) मा प्रतिनिधि सभा सदस्यका लागि व्यवस्था गरिएका निर्वाचन चिह्नमध्ये आफूले रोजेको कुनै एक राजनीतिक दलको निर्वाचन चिह्न रहेको कोठाभित्र मतसङ्केत गर्नुपर्छ।
•    त्यसैगरी, मतपत्रको तल्लो खण्ड (मतपत्र न. २) मा प्रदेश सभा सदस्यका लागि व्यवस्था गरिएका निर्वाचन चिह्नमध्ये आफूले रोजेको कुनै एक राजनीतिक दलको निर्वाचन चिह्न रहेको कोठाभित्र मतसङ्केत गर्नुपर्छ।
•    मतसङ्केत गरेपछि सो मतसङ्केतको छाप नदेखिने गरी मतपत्रलार्इ पट्याउनु पर्छ र आयोगले समानुपातिकद निर्वाचन प्रणालीका लागि तोकेको रातो रङको स्टिकर लगाइएको मतपेटिकाभित्र खसाल्नु पर्छ।
•    दुर्इवटै मतपत्रमा मतदान सम्पन्न भएपछि मतदाता तोकिएको स्थानमाबाट बाहिर निस्किनुपर्दछ। 
•    मतसङ्केत गर्न गोप्य स्थानमा एक पटकमा एकजना मतदातालार्इ मात्र प्रवेश गर्ने व्यवस्था छ।

मतदानका लागि मतदाताले आयोगले उपलब्ध गराएको स्वस्तिक छापको नै प्रयोग गर्नुपर्दछ। 

९) प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचनमा मतदाताले कति वटा निर्वाचन चिह्नमा मतसङ्केत गर्नुपर्दछ?
हरियो रङको निर्वाचन चिह्न भएको मतपत्रमा १ ठाँउमा, कालो रङको निर्वाचन चिह्न भएको मतपत्रमा १ ठाँउमा मतसङ्केत गर्नुपर्दछ।

१०) मत बदर हुने अवस्था
    सम्बन्धित मतदान अधिकृतको हस्ताक्षर नभएमा
    औँठा लगार्इ वा तोकिएको बमोजिममको चिह्न वा छापबाहेक अन्य चिह्न वा छाप लगार्इ मत सङ्केत गरेमा
    मत सङ्केत चिह्न नबुझिने भएमा वा लत्पतिएमा 
    उम्मेदवारको निर्वाचन चिह्न रहेको ठाँउमा मतसङ्केत नगरी अन्यत्र गरेमा 
    उम्मेदवार नभएको चिह्नमा मत सङ्केत गरेमा
    निर्वाचित गर्नु पर्नेभन्दा बढी कोठामा मत सङ्केत गरेमा
    मत सङ्केत नगरी मतदान अधिकृतलार्इ फिर्ता दिएमा
    कनै पनि उम्मेदवारको मत चिह्नमा मत सङ्केत नगरेको अवस्थामा
    मतपेटिका भन्दा बाहिर मतपत्र राखेमा
    जाली वा आयोगले बदर हुने भनी तोकेको मतपत्र

११) प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा मतदाताले कति वटा निर्वाचन चिह्नमा मतसङ्केत गर्नुपर्दछ? 
मतपत्रको माथिल्लो खण्ड (मतपत्र न. १) र तल्लो खण्ड (मतपत्र न. २) गरी प्रत्येक खण्डमा १/१ चिह्न रहेको कोठामा जम्मा २ वटा चिह्नमा छाप लगाउनु पर्छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell