गत वर्ष ब्राजिलका फुटबल प्लेयर रोनाल्डिन्होले आफ्नो फेसबुकमा एउटा चित्र सेयर गरे। सन् २००२ को विश्वकप ब्राजिललाई दिन महत्त्वपूर्ण योगदान गरेका यी विश्वचर्चित खेलाडीले क्याप्सनमा लेखेका थिए, 'इम्प्रेसिभ दिस आर्ट द्याट सनिल आर्टिस्ट डिड। थ्याङ्क यु सो मच पार्टनर।'
उनले 'पार्टनर' भनेर धन्यवाद दिएका व्यक्ति थिए सनिल चित्रकार।
इन्स्टाग्राम र फेसबुकमा सेयर भएको यो चित्रकलाले एकरातमा उनलाई पच्छ्याउनेको सङ्ख्या थपिदियो। फोन उठाएर धन्यवाद दिंदा नै थाकेका उनको फलोअर्स ह्वात्तै बढे। चार हजार फलोअर्स भएको फेसबुक र आठ हजार फलोअर्स भएको इन्सटाग्राममा बीस हजारमाथि फलोअर्स थपिए। हाल उनको इन्सटाग्राममा एक लाख पाँच हजारभन्दा बढी र फेसबुकमा एक लाख बीस हजारभन्दा बढी फलोअर्स छन्।
'उनले क्याप्सनमा मलाई गरेको सम्बोधनले धेरै कुरा फेरिदियो। देशभन्दा विदेशकोले बढी चिन्ने भए।' सनिल यति सुनाउँदा दङ्ग सुनिन्छन् किनकी रोनालडिन्हो उनको मनपर्ने खेलाडीमध्य एक हुन्।
'फलोअर्स थपिनु भनेको लाइक, कमेन्टसँगै काम गर्ने जोस र प्रेरणा थपिनु रहेछ। शुभचिन्तकहरु थपिनु रहेछ।' ती शुभचिन्तकहरुले नियमित नयाँ चित्रको लागि घच्घचाए। आर्ट पढेका फेसबुके भाइ बहिनीले कमी कमजोरी औंलाइ दिए।
सृष्टि श्रेष्ठले १९ जनवरी २०१६ मा आफ्नो पोट्रेट सामाजिक सञ्जालमा पोस्ट गरिन्। क्याप्सन थियो- 'आइ एम ब्लोन अवे बाइ योर वर्क अफ आर्ट। थ्याङ्क यु सनिल।'
उक्त पोट्रेट बनाउने सनिल चित्रकारको खुशीको सीमा रहेन। किनकि वर्षौं अघिदेखि पोट्रेट बनाउँदै आए पनि कुनै सेलिब्रेटीले उनलाई ट्याग गरेर आफ्नो चित्र सेयर गरेका थिएनन्। सनिलले पनि लेखे- '२०१२ की सुन्दर मिस नेपाल सृष्टि श्रेष्ठले मैले बनाएको चित्र फेसबुकमा सेयर गरेकी छिन्।'
सनिल चित्रकार व्यवसायिक चित्रकार थिएनन्। सिभिल इन्जिन्यरिङ पढेका उनी सन् २००६ मा जापान गए। विद्यार्थी भएर जापान पुगेका उनको लागि विदेश यात्रा करिअरमा आएको ट्विस्ट बन्यो। दुई वर्षको जापानी भाषा कक्षा। साथमा दुई वर्षको सिस्टम इन्जिनियरिङ पछि सुरु गरेको रेस्टुरेन्ट व्यवसाय। जापानमा करिब ७ वर्ष उनले विदेशिएर काम गर्नुको अनुभव बटुले।
'कहाँ सजिलो हुँदो रहेछ र अरुको देशमा उनीहरुको भाषा पढेर आफूले केही गर्न खोज्नु। त्यसमाथि आफूले पढेको विषयभन्दा फरक पेशामा लागें। स्थितिहरु सम्हाल्न निकै समय लाग्यो', सनिल यसरी व्यवसायलाई केही माथि पुर्याउँदासम्म चित्रकला पूरै छोडेर बसे।
तीन वर्षअघि मात्रै उनले पोट्रेटहरुका लागि समय छुट्याउन थाले। रेस्टुरेन्टमा खाजा/खाना खाने समयबाट केही समय चित्रलाई दिन थाले। 'छोरी एमी भर्खर जन्मिएकी थिइन् उसलाई खेलाएर बाँकी भएको थोरै समय चित्रलाई दिएँ', ७ वर्षको अन्तरालमा पुन: चित्रकला सुरु गर्दाको अवस्था सुनाउँदै उनले भने,'इन्जिनियरिङ गर्दा पनि चित्र त बनाउनु पर्थ्यो नि तर ती सब बोरिङ आर्ट थिए। म पोट्रेटमै रमाउने रहेछु।'
विराटनगर, पोखरा होस् वा काठमाडौंमा उनी पढेका स्कूल/ कलेजका साथीहरुले सायद उनलाई अझै पनि 'दामी पोट्रेट' बनाउने केटोको रुपमा सम्झिएलान्। कसैले 'तिमी त खत्रा बनाउँछौ। मेरो पनि एउटा चित्र बनाइदेऊ न' भन्दा फुरुक्क परेर धेरैको चित्र कोरेका थिए उनले।
'गर्लफ्रेन्डलाई पनि उसको चित्र बनाइ दिएर खुशी पारें', केही दङ्ग परे जसरी बोल्छन्,'त्यसैले होला आज श्रीमती बनिसक्दा पनि मलाई चित्रकलाको लागि उत्तिकै इनकरेज गर्छिन्।'
आफूले बनाएको स्केचहरु देखाउनको लागि 'नेप्लिज इन आर्ट' जस्ता फेसबुकको आर्टिस्ट ग्रुपहरु राम्रो माध्यम बन्यो। 'म जस्तै पोट्रेट अनि विभिन्न किसिमको चित्र बनाउने साथीहरु, भाइ बहिनीहरु एकअर्काको चित्रमा कमेन्ट गर्थ्यौं। सेयर गर्थ्यौं। मैले फेसबुकमा त्यस्तो दुनियाँ भेटें जसले ६/७ वर्षसम्म गर्न छोडेको काम गर्न हौस्यायो।' सुरुवातमा थोरै लाइक आउँथे त्यो पनि उनको प्रेरणा बन्यो। कमेन्टमा तारिफ हुँदै बिस्तारै सनिललाई पोट्रेटको अर्डर आउन थाल्यो।
'सुरुमा त ३० डलरमा बनाइदिन्थें। त्यसबाट पनि राम्रो कमाई पो हुन थाल्यो। जस बारे मैले कहिले सोचेकै थिईंन।' एउटा पोट्रेटको कतिसम्म लिंदा ठिक हुन्छ उनलाई आइडिया थिएन। गुगलमा पनि अरु आर्टिस्टले लिने रेट नभेटेपछि उनले आफूले बनाएको चित्रको दाम ३० डलर तोके। र सुरु भयो व्यवसायिक चित्रकला।
शैक्षिक रुपमा इन्जिनियर, पेशाले होटल व्यवसायी। पोट्रेट आर्ट चाहिं रहर मात्र थियो। जुन अहिले दैनिकी बनेको छ। भुईंमा बसेर चित्र कोर्न होचा टेबरभरी छरेर राखेको कागज, कलम र रङ्गहरुसँग सानी छोरी पनि खेलिदिन्छिन्। कहिले चित्र बनाउँदा बनाउँदैको कागजमा कोरिदिने त कहिले कलमहरु असरल्ल छरिदिने। भन्छन्,'छोरी हुनुको खुशी र चित्र कोर्न सक्नुको खुशी एकसाथ महसुस गर्छु।'
सनिलका हजुरबुवा इन्जिनियर हुन्। उनका बुवा पनि इन्जिनियर। त्यसैले सायद छोराले इन्जिनियरिङ नै गरोस् भन्ने चाहेका थिए। छोरा बन्यो चित्रकार। जुन उनको रहर थियो। 'न आर्ट पढाईमा लगानी गरें न सिकाइमा। पढेको विषय चट्ट छोडेर होटल र बिस्तारै चित्रकला तिर लागें। यसैमा अहिले बाबा आमा गर्व गर्नुहुन्छ।' उसो त आफन्ती र साथीभाइ पनि छक्क पर्छन् बिना आर्थिक लगानी चित्र कमाउने बाटो बनेको देखेर। 'तँ भाग्यमानी छस् भन्नुहुन्छ। मिहेनत र समय लगानी गरेको देखिन्न। तर पनि त्यती सजिलो काम होइन भन्ने बुझाउन आवश्यक छ भन्ने महसुस गरेको छु।' निरन्तर चित्रमै काम गरे एउटा पोट्रेट सकिन ८ घण्टा लाग्छ। केहीलाई १२ र केहीलाई १५ घण्टासम्म पनि। तर पनि खाली समयको सक्दो सदुपयोग गरेका छन् सनिलले।
स्कूल हुँदा जुन भेटिन्छ त्यही पोन्सिलले कापी, किताब, डेक्स जता पनि चित्र बनाउने उनले अहिले चित्रकलामा प्रयोग हुने कलम र कागजको विभिन्न प्रकार बुझेका छन्। 'रङ चिनियो, कलमहरु चिनियो, कागज चिनियो। चित्रकलामै फिनिसिङको टेक्निक र अन्य टुल्स बुझियो। यो सबको गुरु म आफै हुँ।'
'मेरो फलोअर्सको आग्रह र केही आफ्नोहरुले दिएको हौसलाले नेपालसम्म तान्यो। लागेको थिएन थुप्रैको साथ सहयोग पाउँछु भन्ने।' फेसबुकमा चित्र बनाउने, चित्र मन पराउने र सनिलको नयाँ चित्रकला पर्खनेहरुले प्रदर्शनीको लागि मोटिभेट गरे। धेरैले चाहेका थिए उनको पोट्रेटहरु लाइभ हेर्न। सनिल 'फलोअर्सलाई रिपे'को संज्ञा दिन्छन् आफ्नो आर्ट एग्जिबिसनलाई।
सनिलले बनाएको म्यानचेस्टर युनाइटेडको खेलाडी पाउल पोग्बाको पोट्रेट नेपालको लागि जर्मन राजदुत माथियस मायरले प्रदर्शनीमै किन्न खोजेका थिए। तर बेचेनन्। किन? भने,'मेरो सपना नै आफूले कोरेको हरेक खेलाडीको चित्रमा उनीहरुको अटोग्राफ लिनु हो।' फुटबल हेर्नमा निकै रुचि भएका सनिल बार्सिलोना समर्थक हुन् र मेस्सी उनको मनपर्ने खेलाडी।
उनले 'पार्टनर' भनेर धन्यवाद दिएका व्यक्ति थिए सनिल चित्रकार।
इन्स्टाग्राम र फेसबुकमा सेयर भएको यो चित्रकलाले एकरातमा उनलाई पच्छ्याउनेको सङ्ख्या थपिदियो। फोन उठाएर धन्यवाद दिंदा नै थाकेका उनको फलोअर्स ह्वात्तै बढे। चार हजार फलोअर्स भएको फेसबुक र आठ हजार फलोअर्स भएको इन्सटाग्राममा बीस हजारमाथि फलोअर्स थपिए। हाल उनको इन्सटाग्राममा एक लाख पाँच हजारभन्दा बढी र फेसबुकमा एक लाख बीस हजारभन्दा बढी फलोअर्स छन्।
'उनले क्याप्सनमा मलाई गरेको सम्बोधनले धेरै कुरा फेरिदियो। देशभन्दा विदेशकोले बढी चिन्ने भए।' सनिल यति सुनाउँदा दङ्ग सुनिन्छन् किनकी रोनालडिन्हो उनको मनपर्ने खेलाडीमध्य एक हुन्।
'फलोअर्स थपिनु भनेको लाइक, कमेन्टसँगै काम गर्ने जोस र प्रेरणा थपिनु रहेछ। शुभचिन्तकहरु थपिनु रहेछ।' ती शुभचिन्तकहरुले नियमित नयाँ चित्रको लागि घच्घचाए। आर्ट पढेका फेसबुके भाइ बहिनीले कमी कमजोरी औंलाइ दिए।
सृष्टि श्रेष्ठले १९ जनवरी २०१६ मा आफ्नो पोट्रेट सामाजिक सञ्जालमा पोस्ट गरिन्। क्याप्सन थियो- 'आइ एम ब्लोन अवे बाइ योर वर्क अफ आर्ट। थ्याङ्क यु सनिल।'
उक्त पोट्रेट बनाउने सनिल चित्रकारको खुशीको सीमा रहेन। किनकि वर्षौं अघिदेखि पोट्रेट बनाउँदै आए पनि कुनै सेलिब्रेटीले उनलाई ट्याग गरेर आफ्नो चित्र सेयर गरेका थिएनन्। सनिलले पनि लेखे- '२०१२ की सुन्दर मिस नेपाल सृष्टि श्रेष्ठले मैले बनाएको चित्र फेसबुकमा सेयर गरेकी छिन्।'
सनिल चित्रकार व्यवसायिक चित्रकार थिएनन्। सिभिल इन्जिन्यरिङ पढेका उनी सन् २००६ मा जापान गए। विद्यार्थी भएर जापान पुगेका उनको लागि विदेश यात्रा करिअरमा आएको ट्विस्ट बन्यो। दुई वर्षको जापानी भाषा कक्षा। साथमा दुई वर्षको सिस्टम इन्जिनियरिङ पछि सुरु गरेको रेस्टुरेन्ट व्यवसाय। जापानमा करिब ७ वर्ष उनले विदेशिएर काम गर्नुको अनुभव बटुले।
'कहाँ सजिलो हुँदो रहेछ र अरुको देशमा उनीहरुको भाषा पढेर आफूले केही गर्न खोज्नु। त्यसमाथि आफूले पढेको विषयभन्दा फरक पेशामा लागें। स्थितिहरु सम्हाल्न निकै समय लाग्यो', सनिल यसरी व्यवसायलाई केही माथि पुर्याउँदासम्म चित्रकला पूरै छोडेर बसे।
तीन वर्षअघि मात्रै उनले पोट्रेटहरुका लागि समय छुट्याउन थाले। रेस्टुरेन्टमा खाजा/खाना खाने समयबाट केही समय चित्रलाई दिन थाले। 'छोरी एमी भर्खर जन्मिएकी थिइन् उसलाई खेलाएर बाँकी भएको थोरै समय चित्रलाई दिएँ', ७ वर्षको अन्तरालमा पुन: चित्रकला सुरु गर्दाको अवस्था सुनाउँदै उनले भने,'इन्जिनियरिङ गर्दा पनि चित्र त बनाउनु पर्थ्यो नि तर ती सब बोरिङ आर्ट थिए। म पोट्रेटमै रमाउने रहेछु।'
'दामी पोट्रेट' बनाउने केटो
सनिल पोट्रेट बाहेकका अन्य चित्रहरु पनि बनाउँछन् तर खुशी पोट्रेट कोर्नमै मिल्ने बताउँछन्। उसो त उनी आर्टिस्ट मात्र होइन पोट्रेट आर्टिस्ट भनेर चिनिनुमा गर्व गर्छन्।विराटनगर, पोखरा होस् वा काठमाडौंमा उनी पढेका स्कूल/ कलेजका साथीहरुले सायद उनलाई अझै पनि 'दामी पोट्रेट' बनाउने केटोको रुपमा सम्झिएलान्। कसैले 'तिमी त खत्रा बनाउँछौ। मेरो पनि एउटा चित्र बनाइदेऊ न' भन्दा फुरुक्क परेर धेरैको चित्र कोरेका थिए उनले।
'गर्लफ्रेन्डलाई पनि उसको चित्र बनाइ दिएर खुशी पारें', केही दङ्ग परे जसरी बोल्छन्,'त्यसैले होला आज श्रीमती बनिसक्दा पनि मलाई चित्रकलाको लागि उत्तिकै इनकरेज गर्छिन्।'
आफूले बनाएको स्केचहरु देखाउनको लागि 'नेप्लिज इन आर्ट' जस्ता फेसबुकको आर्टिस्ट ग्रुपहरु राम्रो माध्यम बन्यो। 'म जस्तै पोट्रेट अनि विभिन्न किसिमको चित्र बनाउने साथीहरु, भाइ बहिनीहरु एकअर्काको चित्रमा कमेन्ट गर्थ्यौं। सेयर गर्थ्यौं। मैले फेसबुकमा त्यस्तो दुनियाँ भेटें जसले ६/७ वर्षसम्म गर्न छोडेको काम गर्न हौस्यायो।' सुरुवातमा थोरै लाइक आउँथे त्यो पनि उनको प्रेरणा बन्यो। कमेन्टमा तारिफ हुँदै बिस्तारै सनिललाई पोट्रेटको अर्डर आउन थाल्यो।
'सुरुमा त ३० डलरमा बनाइदिन्थें। त्यसबाट पनि राम्रो कमाई पो हुन थाल्यो। जस बारे मैले कहिले सोचेकै थिईंन।' एउटा पोट्रेटको कतिसम्म लिंदा ठिक हुन्छ उनलाई आइडिया थिएन। गुगलमा पनि अरु आर्टिस्टले लिने रेट नभेटेपछि उनले आफूले बनाएको चित्रको दाम ३० डलर तोके। र सुरु भयो व्यवसायिक चित्रकला।
रहरको कमाई
अहिले सनिल एउटा पोट्रेट बनाएको १५० अमेरिकी डलर लिन्छन्। जापानमा रहेको रेस्टुरेन्ट र चित्रकलाबाट लगभग बराबरी आम्दानी हुन्छ। भलै आर्थिक लगानी रेस्टुरेन्टमा बढी गर्छन्। 'रेस्टुरेन्टले दाम दिएको थियो। आर्टले नाम र दाम दुबै दिएको छ। हरेक दिन रेस्टुरेन्टबाट फर्किएपछि थकाई मार्न समय लिन्थें। तर एउटा चित्र बनाइ सकेपछि त्यसलाई हेरेर सन्तुष्टि लिन्छु।'शैक्षिक रुपमा इन्जिनियर, पेशाले होटल व्यवसायी। पोट्रेट आर्ट चाहिं रहर मात्र थियो। जुन अहिले दैनिकी बनेको छ। भुईंमा बसेर चित्र कोर्न होचा टेबरभरी छरेर राखेको कागज, कलम र रङ्गहरुसँग सानी छोरी पनि खेलिदिन्छिन्। कहिले चित्र बनाउँदा बनाउँदैको कागजमा कोरिदिने त कहिले कलमहरु असरल्ल छरिदिने। भन्छन्,'छोरी हुनुको खुशी र चित्र कोर्न सक्नुको खुशी एकसाथ महसुस गर्छु।'
सनिलका हजुरबुवा इन्जिनियर हुन्। उनका बुवा पनि इन्जिनियर। त्यसैले सायद छोराले इन्जिनियरिङ नै गरोस् भन्ने चाहेका थिए। छोरा बन्यो चित्रकार। जुन उनको रहर थियो। 'न आर्ट पढाईमा लगानी गरें न सिकाइमा। पढेको विषय चट्ट छोडेर होटल र बिस्तारै चित्रकला तिर लागें। यसैमा अहिले बाबा आमा गर्व गर्नुहुन्छ।' उसो त आफन्ती र साथीभाइ पनि छक्क पर्छन् बिना आर्थिक लगानी चित्र कमाउने बाटो बनेको देखेर। 'तँ भाग्यमानी छस् भन्नुहुन्छ। मिहेनत र समय लगानी गरेको देखिन्न। तर पनि त्यती सजिलो काम होइन भन्ने बुझाउन आवश्यक छ भन्ने महसुस गरेको छु।' निरन्तर चित्रमै काम गरे एउटा पोट्रेट सकिन ८ घण्टा लाग्छ। केहीलाई १२ र केहीलाई १५ घण्टासम्म पनि। तर पनि खाली समयको सक्दो सदुपयोग गरेका छन् सनिलले।
स्कूल हुँदा जुन भेटिन्छ त्यही पोन्सिलले कापी, किताब, डेक्स जता पनि चित्र बनाउने उनले अहिले चित्रकलामा प्रयोग हुने कलम र कागजको विभिन्न प्रकार बुझेका छन्। 'रङ चिनियो, कलमहरु चिनियो, कागज चिनियो। चित्रकलामै फिनिसिङको टेक्निक र अन्य टुल्स बुझियो। यो सबको गुरु म आफै हुँ।'
सेलिब्रिटीले सेलिब्रिटी बनाइदिएका सनिल
आजभोलि उनी व्यवसायिकसँगै सेलिब्रेटी चित्रकार पनि हुन्। कलाकार, खेलाडी लगायतले बनाइदिएको सेलिब्रेटी। चित्रमा देखाउने जादुले बनाएको सेलिब्रेटी। यसैबीच गत अक्टोबर २९ देखि ३१ सम्म नेपालमा तीन दिने एकल चित्रकला प्रदर्शनी समेत आयोजना गरे। जसमा उनले बनाएको सेलिब्रेटीहरुको पोट्रेट र अन्य विभिन्न चित्रहरु प्रदर्शनमा राखिएको थियो।'मेरो फलोअर्सको आग्रह र केही आफ्नोहरुले दिएको हौसलाले नेपालसम्म तान्यो। लागेको थिएन थुप्रैको साथ सहयोग पाउँछु भन्ने।' फेसबुकमा चित्र बनाउने, चित्र मन पराउने र सनिलको नयाँ चित्रकला पर्खनेहरुले प्रदर्शनीको लागि मोटिभेट गरे। धेरैले चाहेका थिए उनको पोट्रेटहरु लाइभ हेर्न। सनिल 'फलोअर्सलाई रिपे'को संज्ञा दिन्छन् आफ्नो आर्ट एग्जिबिसनलाई।