PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

धादिङको प्रदेश सभामा राजेन्द्र पाण्डे फराकिलो मतान्तरले विजयी



धादिङको प्रदेश सभामा राजेन्द्र पाण्डे फराकिलो मतान्तरले विजयी

काठमाडौं : धादिङ १ प्रदेशसभातर्फ (क) मा नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डे विजयी भएका छन्। मतगणना सुरु भएसँगै अग्रता लिएका उनले कांग्रेसका मधुकुमार श्रेष्ठलाई झन्डै दोब्बर मतान्तरले पराजित गरेका हुन्।

निर्वाचन अधिकृत योगनाथ ढकालका अनुसार औपाचारिक घोषणा हुन बाँकी छ। पछिल्लो मतअनुसार पाण्डेले १० हजारको मतअन्तर कायम गरेका छन्। उनले २२ हजार ८०० मत ल्याएका छन् भने कांग्रेसका श्रेष्ठले ११ हजार ६५ ल्याएका छन्।

पाण्डे एमाले पोलिटब्युरो सदस्य तथा निर्वाचन विभाग प्रमुख हुन्। उनी  २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी यही क्षेत्रबाट विजयी भएका थिए। उनले स्थानीय विकास मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell