काठमाडौँ : काठमाडौँका १० वटै क्षेत्रको प्रतिनिधि सभा र प्रदेश सभाको परिणाम आइसकेपछि समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना सुरु भएको छ।
काठमाडौँ क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाम अनुसार २ हजार ९४ मत गन्दा कांग्रेस ३१.४ प्रतिशत मतका साथ अगाडि छ। एमाले २७.३ प्रतिशत मत ल्याएर दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा विवेकशील साझा २५.६ प्रतिशत मतले पछ्याइरहेको छ। माओवादी ६.५ प्रतिशत मतका साथ चौथो स्थानमा छ।
यो क्षेत्रमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका थिए। उनले विवेकशील साझाका रवीन्द्र मिश्रलाई ८ सयभन्दा बढी मतको अन्तरले पराजित गरेका थिए।