PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

२६ किलोको माला लाएपछि महेश बस्नेतले भने, 'गुण्डागर्दी अन्त्य गर्छु'

२६ किलोको माला लाएपछि महेश बस्नेतले भने, 'गुण्डागर्दी अन्त्य गर्छु'


भक्तपुर : प्रतिनिधि सभाको भक्तपुर क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका दमननाथ ढुंगानालाई पराजित गरेका नेकपा एमालेका महेश बस्नेतले प्रतिवद्धता अनुरुप भक्तपुरलाई प्रदेश नम्बर ३ को राजधानी बनाउन पहल सुरु गरिसकेको बताए।

आइतबार विजय सभालाई सम्बोधन गर्दै उनले यसका लागि नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग कुरा सुरु गरेको जानकारी दिए।
 
विजयपछि पनि उनले भक्तपुरलाई पर्यटन क्षेत्र र स्वास्थ्य अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने फेरि पनि प्रतिबद्धता गरे। वाम गठबन्धनले अपेक्षित विजय हासिल गरिरहेको छ। यसले भक्तपुरको विकासका लागि सहज बनाएको उनी बताउँछन्।
 
'नेपालको सुशासन, स्थिर सरकार, समृद्धि र विकासको लागि जनताले वाम गठबन्धनलाई भोट गरेका छन्', उनले भने, 'जनताको आशा भरोसा र विश्वासलाई कहिलै टुटाउने छैन।' आफूले गरेका प्रतिवद्धतासहित प्रतिस्पर्धीले उठाएका अजेन्डा समेत पूरा गर्ने उनले आश्वासन दिए। 

भक्तपुरलाई व्यवस्थित सहर बनाउँदै र गुण्डागर्दी अन्त्य गर्नेसमेत उनको दावी रह्यो ।


ट्रेन्डिङ पोस्ट

Ncell