PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

यी हुन् ललितपुर प्याट्रिओट्सबाट इपीएल खेल्ने ३ भारतीय खेलाडी



गोविन्दराज नेपाल

यी हुन् ललितपुर प्याट्रिओट्सबाट इपीएल खेल्ने ३ भारतीय खेलाडी
सन् २०११ को आइपीएलमा कोची टच्कर्स विरुद्व ब्याटिङ गर्दै दिल्लीका योगेश नगर, फोटो : गेट्टी इमेज

काठमाडौं : ललितपुर प्याट्रिओट्सबाट ३ भारतिय खेलाडीले एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्ने पक्का भएको छ।

बुधबार ललितपुर टोलीले आफ्नो टिमको सबै खेलाडीको नाम सार्वजानिक गर्ने क्रममा तीन विदेशी खेलाडीको कोटाअन्तर्गत भारतीय खेलाडीको नाम सार्वजनिक गरेको हो।

जसमा सुबोध कुमार भाटी, योगेश नगर र जय किसन अनिल कुमार क्वल्स्वा छन्। सुबोध र योगेश अराउण्डर हुन भने जय किसन विकेटकिपर ब्याट्सम्यान हुन्।

योगेश नगरले इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली डेयर डेभिल्सबाट खेलिसकेका छन्।  नगरले १८ फस्ट क्लास, २० लिस्ट ए तथा ४८ टी-२० म्याच खेलिसकेका छन्। यस्तै दिल्लीकै भाटीले २ फस्ट क्लास, १२ लस्ट ए म्याच खेलेका छन्। जयकिसन अनिलले बारोडा क्रिकेट एसोसिसनबाट खेलिसकेका छन्।

जय किसनले नै ललितपुर प्याट्रिओट्सको विकेटकिपिङ जिम्मेवारी सम्हाल्ने प्रशिक्षक राजु बस्न्यातले जानकारी दिए। 'हाम्रो टिममा नेपाली विकेटकिपर गर्ने खेलाडी छैन। त्यसैले जय किसनले नै विकेटकिपिङ गर्नेछन्'। बस्न्यातले भने।

उनले प्लान गरे अनुसारकै टिम रहेको र ब्यालेन्स्ड टिम बनेको प्रतिक्रिया दिए। 


बुभबार लतितपुर प्याट्रिओट्ले डिसेम्वर १८ बाट शुरु हुने इपीएल खेल्ने सबै खेलाडीको नाम सार्वजनिक गरेको छ। प्याट्रिओट्सको कप्तान तथा मार्क्यु प्लेअर राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल हुन्।  यसअघि नै कप्तान घोषणा गरिएको ज्ञानेन्द्रलाई बुधबार अफिसियल रुपमा टिमको कप्तान समेत घोषणा गरिएको छ। यस्तै दश खेलाडी अक्सनबाट लिइएको थियो।

यसबाहेक लोकल ट्यालने्ट हन्टअन्तर्गत ललितपुरले ४ युवा खेलाडीलाई छनोट गरेर क्याम्पमा राखेको छ। जसमध्ये यू-१६ राष्ट्रिय टिमका कप्तान  रित गौतम समेत छन्। प्रतियोगिता शुरु हुनु एकदिन अघि अन्तिम टोलीमा राख्ने एक खेलाडीको नाम घोषणा गर्ने ललितपुर प्याट्रिओट्सका मालिक किशोर महर्जनले जानकारी दिए।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell