PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

प्रदेश २ को सिरहामा समानुपातिक मतगणना सम्पन्न, प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा एमाले पहिलो



प्रदेश २ को सिरहामा समानुपातिक मतगणना सम्पन्न, प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा एमाले पहिलो

सिरहा : प्रदेश २ को सिरहामा प्रदेश र प्रतिनिधि सभा निर्वाचन दुवैको समानुपातिक मतमा नेकपा एमाले अगाडि रहेको छ।

समानुपातिकतर्फ सम्पन्न अन्तिम मत परिणाम अनुसार प्रतिनिधि सभामा नेकपा एमालेले ५२ हजार ७०६ मत प्राप्त गरी पहिलो स्थान ओगटेको छ।

यस्तै दोस्रोमा नेपाली कांग्रेसले ५२ हजार ५४३, तेस्रोमा संघीय समाजवादी फोरम ४७ हजार ८५७, चौथोमा माओवादी केन्द्रले २७ हजार ६५८ र राष्ट्रिय जनता दलले २० हजार १३७ मत पाएर पाँचौ स्थान ओगटेको छ।

यस्तै प्रदेशतर्फ पनि नेकपा एमाले ४९ हजार ३८० मत ल्याएर पहिलो स्थानमा रहेको छ। नेपाली कांग्रेस ४६ हजार ५४० मतसहित दोस्रो, संघीय समाजवादी फोरम ४३ हजार ४४३ मत सहित तेस्रो, माओवादी केन्द्र २५ हजार २५४ मत सहित चौथो र राष्ट्रिय जनता पार्टी १८ हजार ४४७ मतसहित पाँचौं स्थानमा रहेका छन् ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell