PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

प्रदेश २ को पर्सामा समानुपातिक गणना सकियो; फोरम अगाडि, एमाले तेस्रो



प्रदेश २ को पर्सामा समानुपातिक गणना सकियो; फोरम अगाडि, एमाले तेस्रो

वीरगंज : प्रदेश २ को पर्सामा समानुपातिकतर्फ चारवटै क्षेत्रको मतगणना सम्पन्न भएको छ। सार्वनिक भएको समानुपातिकको नतिजा अनुसार प्रतिनिधि र प्रदेश सभा दुवैमा संघीय समाजवादी फोरम नेपालकै वर्चश्व देखिएको छ।

कूल २ लाख ८९ हजार ५५ मतदाता रहेको पर्सामा प्रतिनिधि सभामा  फोरम नेपालले कूल ५३ हजार ८२१ मत र कांग्रेसले ५० हजार ५९२ मत ल्याएको छ।

तेस्रो स्थानमा रहेको एमालेले जम्मा २२ हजार १५६ मत,राजपा नेपालले १७ हजार ४१४ मत,माओवादी केन्द्रले ११ हजार ८१९ मत प्राप्त गरेको छ।

रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीले ११ हजार १६३ मत,राप्रपा प्रजातान्त्रिकले १ हजार ३७५ मत,विवेकशील साझा पार्टीले १ हजार ३०१ मत प्राप्त गरेको छ।

पर्सामा प्रदेशसभाको समानुपातिकमा पनि फोरम नेपाल नै एक नम्बरमा रहेको छ। फोरम नेपालले कुल ५१ हजार २२० मत,कांग्रेसले ४५ हजार २७३, तेस्रो भएको एमालेले १९ हजार २९८ मत,चौथो स्थानका राजपा नेपालले १५ हजार ५२३ मत प्राप्त गरेका छन्।

 नेपाल संघीय समाजवादी पार्टीले १२ हजार १२० मत प्रदेश सभातर्फ प्राप्त गरेको छ। माओवादीले १० हजार ५९२, राप्रपाले ४ हजार १५४, राप्रपा प्रजातान्त्रिकले २ हजार ९ मत ल्याएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell