PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

यी हुन् चितवन टाइगर्सका तीन विदेशी खेलाडी



गोविन्दराज नेपाल

यी हुन् चितवन टाइगर्सका तीन विदेशी खेलाडी

काठमाडौं : यही सोमबारबाट सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल)का लागि चितवन टाइगर्सले तीन विदेशी खेलाडीको नाम सार्वजनिक शनिबार गरेको छ।

इपीएलमा सहभागि प्रत्येक टिमले ३ विदेशी खेलाडी राख्नुपर्ने प्रावधान अनुरुप चितवन टाइगर्सले पनि भारतबाट ३ खेलाडी ल्याएको हो। जसमा प्रविण गुप्ता, प्रमेश कुमार र सावेज खान छन्।

लेफ्ट आम स्पीनर तथा लेफ्ट ह्याण्ड ब्याट्सम्यान प्रविणले सन् २००३ मा भारतबाट यू-१९ विश्वकप खेलेका थिए। उनले २००४ देखि २०१५ सम्म रणजी प्रतियोगिता समेत खेलिकसकेका छन्।

यस्तै प्रमेश कुमार लेफ्ट आर्म फास्ट बलर हुन् भने सावेज खान मिडल अर्डर ब्याट्सम्यान तथा स्पीनर हुन्। यसअघि नै इपीएल खेल्ने ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स एघारले ३ विदेशी खेलाडी सानर्वजनिक गरिसकेको छ।

तीन विदेशी खेलाडीलाई आपसी समझदारीमा एक सिजनका लागि अनुबन्ध गरेको र अनुबन्धन रकम खुलाउन नमिल्ने चितवनका मालिक किशोर भट्टराईले बताए।

तीन विदेशी खेलाडी भित्राएपछि चितवन टाइगर्सले इपीएलमा खेल्नका लागि १५ सदस्यी पूर्ण टोली तयार पारेको छ। पृथु बास्कोटाको कप्तानीमा रहने टोलीमा दीपेन्द्र सिंह ऐरी मार्क्यु प्लेअरका रुपमा छन् भने लोकल ट्यालेन्ट हन्टबाट आकाश थापालाई चयन गरिएको छ।

आकाशसँगै गौतम केसी पनि लोकल ट्यालेन्ट हन्टबाटै छानिएका थिए तर आकाश चितवनले खेल्ने टोलीमा रहनेछन् भने गौतम टोलीसँगै रहनेछन् तर खेल्न पाउने छैनन्।

चितवन टाइगर्सका मालिक किशोर भट्टराईले पहिलो वर्ष भएका कारण टिम निर्माण गर्न दु:ख खेप्नुपरेको बताए। 'हामीले दुई महिना धेरै तयारी गरेका छौँ। अब मंगलबार हाम्रो पहिलो खेल छ र हामी त्यसका लागि तयार छौँ।'

यस्तै ठगी मुद्दामा पक्राउ परेका चितवन टाइगर्सका कप्तान पृथु बास्कोटा निर्दोष रहेको र उनी छिटै टिममा फर्कने भट्टराईले बताएका छन्।

अमेरिकन डिजे मार्समेलोले बुधबार राती क्लब डेजा भु मा प्रस्तुती दिने भन्दै टिकट बिक्री गरेको र पछि अस्वस्थताका कारण मार्समेलो उपस्थित नभएपछि क्लब डेजा भु मा तोडपोड गरिएको थियो। पृथु पनि क्लज डेजा भु कै ओनर रहेका कारण उनीसहित ८ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

भट्टराईले पृथु क्लब डे जा भु को सञ्चालक नभएको र सेयरधनी मात्र रहेकाले उक्त घटनामा उनी संलग्न नभएको बताए। 'उक्त घटनामा पृथुको संलग्नता छैन। भोलीसम्ममा यो विषयमा सकरात्मक निर्णय आउनेमा हामी आशावादी छौँ।'

पृथु नआए कप्तान परिवर्तन हुन्छ भन्ने जिज्ञासामा भट्टराईले भने 'पृथु हाम्रो टिममा फर्कनेमा हामी विश्वस्त छौँ। हामीले अहिलेसम्म कप्तान परिवर्तन गर्ने सोच बनाएका छैनौँ। पृथु दोषी सावित भइनसकेकाले हामीले उनलाई निर्दोष मानेका छौँ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell