PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

हङकङका कप्तान बाबर हायत सहित अंशुमन रथले विराटनगर वारियर्सबाट इपीएल खेल्ने



गोविन्दराज नेपाल

हङकङका कप्तान बाबर हायत सहित अंशुमन रथले विराटनगर वारियर्सबाट इपीएल खेल्ने

काठमाडौं : हङकङका कप्तान बाबर हायतसहित अंशुमन रथले भोलीबाट सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल)मा विराटनगर किंग्सबाट खेल्ने भएका छन्। दुई विदेशी खेलाडीसहित राष्ट्रिय टिमका कप्तान पारस खड्कालाई कप्तान चयन गर्दै विराटनगर वारियर्सले आइतबार आफ्नो टिम घोषणा गरेको हो।

आइतबार अन्नपूर्ण होटल विराटनगर वारियर्सले अंशुमान सहित १३ खेलाडी सार्वजनिक गर्‍यो। बाबर हायत भोली मात्र नेपाल आउने र अर्को एक विदेशी खेलाडीसँग कुरा भइरहेको र छिटै आउने कप्तान पारस खड्काले बताए।

‘हामी तेस्रो विदेशी खेलाडीसँग छलफलमा छौँ। अंशुमान आइसकेको छ। बाबर भोली दिउँसो आउनेछ। तेस्रो खेलाडी पनि हामीले मैगलबार म्याच खेल्ने बेलासम्म आउनेछन्।’ कप्तान पारसले भने। 'अंशुमान  डब्लुसिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी हुन्। अरुले टेष्ट खेल्ने राष्ट्रबाट खेलाडी ल्याएका छन् हामीले एसोसिएट राष्ट्रबाट राम्रो खेलाडी ल्याएका छौँ। आशा छ यसको कम्विनेशनले हामीलाई राम्रो प्रदर्शन गर्न सहयोग पुग्छ।'
हालै सम्पन्न विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियसिपमा सर्वाधिक रन बनाउनेमा अंशुमन रथ पहिलो तथा बाबर तेस्रो स्थानमा थिए।

इपीएलको आयोजक इपीएल प्रालीले प्रत्येक टिमले ३ विदेशी खेला८ राख्नुपर्ने प्रावधान राकेपछि सबै टिमले ३-३ विदेशी खेलाडी राख्न लागेका हुन्।

जसमध्ये ललितपुर प्याट्रिओट्स, काठमाडौं किंग्स एघार, चितवन टाइगर्स र पोखरा राइनोजले आफ्ना ३-३ विदेशी खेलाडी सार्वजनिक गरिसकेका छन्।  अब भैरहवा ग्लाडिएटरले मात्र विदेशी खेलाडी सार्वजनकि गर्न बाँकी छ।

विराटनगर वारियर्सले लोकल ट्यालेन्ट हन्टबाट दीपेश कँडेललाई छनोट गरेको छ। ट्यालेन्ट हन्टबाट ४ जना छानेपनि टिमको ब्यालेन्स मिलाउन दीपेशलाई अन्तिम सूचीमा राखिएको कप्तान पारसले जानकारी दिए।

यस्तै बसन्त रेग्मी विराटनगरको उप कप्तानका रुपमा रहनेछन्। विराटनगरको प्रशिक्षकमा महेश रिजाल र सहायक प्रशिक्षकमा शंकर राना छन् भने दीनेश भट्ट फिजियोको तथा रौनक मल्ल म्यानेजरको रुपमा रहनेछन्।

विराटनगरको प्रायोजकमा एनआइसी एसिया बैंक, स्नीकर्स र हाइलाइफ फुटवेयर रहेका छन्।

 

लक्ष्य च्याम्पियन

विराटनगरका कप्तान पारस खड्काले अन्तिम लक्ष्य इपीएलको उपाधि जित्नु नै रहेको बताएका छन्। ‘हामीसँग युवा र अनुभवी खेलाडीको राम्रो समिश्रण छ। मलाई आशा छ च्याम्पियन बन्नका लागि हामीसँग राम्रो टिम छ।’ पारसले भने। ‘तर उपाधि जित्न त्यति सजिलो छैन र रियल टेष्ट भोलीबाट सुरु हुनेछ।’

कप्तान पारस र उपकप्तान बसन्तसँगै विराटनगरमा राष्ट्रिय टिमबाट खेलिसकेका करण केसी, अभिनास कर्ण, रामनरेश गिरी जस्ता फास्ट बलर छन्। यस्तै यू-१९ राष्ट्रिय टिमबाट खेलिसकेका आसिफ शेख, अनिल कुमार शाह, प्रनित थापा मगर, सुमित महर्जन जस्ता युवा खेलाडी पनि विराटनगरको टिममा छ।

अन्य खेलाडीमा पुष्प थापा, आकाश विष्ट र ट्यालेन्ट हन्टबाट छानिएका दीपेश कँडेल छन्।

भोलीबाट टीयू मैदानमा सुरु हुने इपीएलको उद्घाटन खेलमा काठमाडौं किंग्स एलेभेन र ललितपुर प्याट्रिओट्स भिड्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell