PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

नेपाली भलिबलमा कीर्तिमानी सम्झौता, ७ प्रदेश सम्मिलित महिला/पुरुष राष्ट्रिय प्रतियोगिता हुने



गोविन्दराज नेपाल

नेपाली भलिबलमा कीर्तिमानी सम्झौता, ७ प्रदेश सम्मिलित महिला/पुरुष राष्ट्रिय प्रतियोगिता हुने

काठमाडौं : भलिबललाई ग्रासरुट लेभलबाटै विकास गर्ने उदेश्यले नेपाल भलिबल संघ (एनभिए) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) बीच महिला र पुरुषको राष्ट्रिय प्रतियोगिता गर्ने गरी कीर्तिमानी सम्झौता भएको छ।

आइतबार एफएनसिसिआई र एनभिएबीच ३ वर्षको लागि वार्षिक १ करोड २० लाखको सम्झौता भएको हो। सम्झौतापत्रमा एनभिएका तर्फबाट अध्यक्ष मनोरन्जन रमण शर्मा र एफएनसिसिआईको तर्फबाट उपाध्यक्ष उमेशलाल श्रेष्ठले हस्ताक्षर गरे।

आफूहरुको कार्यकाल ३ वर्षको लागि मात्र रहेकोले अहिले ३ वर्षको लागि मात्र सम्झौता गरेको एफएनसिसिआईका उपाध्यक्ष श्रेष्ठले बताए। 'हाम्रो चाहना दिर्घकालिन रुपमा सहकार्य गर्ने थियो तर हाम्रो कार्यकाल ३ वर्षको लागि मात्र भएर अहिले ३ वर्षको मात्र सम्झौता भएको हो।'

यस्तै एनभिएका अध्यक्ष मनोरन्ज रमण शर्माले भलिबल राष्ट्रिय खेल घोषणा भएपछि प्रायोजकहरु बढिरहेको र यसले प्रेरणा मिल्ने बताए। 'यस सम्झौता सफल पार्न युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहालले ठूलो योगदान गरेका छन्। एफएनसिसिआईका उपाध्यक्ष उमेशलाल श्रेष्ठको पनि यसमा ठूलो योगदान छ। एफएनसिसिआईले ठूलो कार्य गरेको छ र यसले हामीलाई प्रेरणा दिएको छ।' अध्यक्ष शर्माले भने।

नेपालको भलिबल इतिहासमा यो अहिलेसम्मकै सर्वाधिक रकमको प्रायोजन हो। यसअघि एनभिएले नेपाल स्याटलाइट कम्युनिकेशनसँग २ वर्षको लागि ४० लाखको सम्झौता गरेको थियो।

सम्झौतासँगै नेपाल भलिबल संघको आयोजना तथा एफएनसिसिआईको प्रायोजनमा आगामी चैतमा एफएनसिसिआई कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको समेत घोषणा भएको छ।

उक्त प्रतियोगिता चैत २० देखि २७ गतेसम्म सञ्चालन हुने र त्यसमा नेपालका सात प्रदेशको एक एक टिमले प्रतिस्पर्धा गर्ने एनभिएका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिए। 'माघ २० देखि फागुन १० सम्म गाउँपालिका, नगर/उपमहानगर/महानगरपालिका सम्मिलित जिल्ला छनोट प्रतियोगिता गर्ने र त्यसपछि फागुन १० देखि चैत १० सम्म प्रदेश छनोट स्तरिय प्रतियोगिता गर्ने त्यसबाट प्रत्येक प्रदेशको एक-एक महिला र पुरुष टिम चयन गरिनेछ र राष्ट्रिय स्तरको प्रतियोगिता गरिनेछ।' चन्दले बताए।

उक्त प्रतियोगिताको लागि एफएनसिसिआईबाट रविन श्रेष्ठ संयोजक रहनेछन् भने एनभिएका महासचिव चन्द सह संयोजक रहनेछन्। संयोजक रविन श्रेष्ठले एफएनसिसिबई व्यापारीको हकहितको लागि मात्र नभएर समग्र जनताको पक्षमा रहेकाले भलिबलमार्फत खेलकुदमा लागेको प्रतिक्रिया दिए।

जिल्ला र प्रदेशमा सहभागि टिमको संख्या हेरेर नकआउट प्रणालीमा खेल खेलाउने र राष्ट्रिय स्तरमा लिग कम नकआउटको आधारमा प्रतियोगिता सञ्चानल गरिने चन्दले बताए। चन्दका अनुसार एफएनसिसिआई कप राष्ट्रिय प्रतियोगिताको विजेताले नगद ३ लाख हात पार्नेछन् भने उपविजेताले १ लाख तथा तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन्।

'ग्रासरुट लेभलबलाटै खेलाडी ल्याउनुपर्छ र प्रतिभावान खेलाडीलाई मौका दिनुपर्छ भन्ने उदेश्यले यो प्रतियोगिता आयोजना गर्न लागेको हो।' चन्दले भने। यस प्रतियोगितामा विभागीय टिमले सहभागिता नरहने चन्दले बताए।

 

नयाँ कार्यको थालनी : अध्यक्ष राणा

एफएनसिसिआईका अध्यक्ष भवानी राणाले आर्थिक विकाससँगै सामाजिक रुपान्तरणमा समेत एफएनसिसिआईको महत्वपूर्ण भूमिका रहेको बताउँदै भलिबलमार्फत नायँ कार्यको थालनी भएको बताएका छन्।

जनतासम्म पुग्न र युवाहरुलाई उत्साहित बनाउन हामीले भलिबल खेल रोज्दै एफएनसिसिबई कप गर्न लागेका हौँ। राणाले भनिन् हाम्रो सहयोगले भलिबललाई विकास गर्न सहयोग गर्ने विश्वास छ। उनले राष्ट्रिय खेल भएकाले सुरुमै भलिबल नै रोजेको प्रतिक्रिया दिइन्। 'सामाजिक उत्तरदायित्वमार्फत कुन खेललाई अगाडी बढाउने भेनर हामीबीच धेरै छद्यफल समेत भएको थियो। विभिन्न खेलहरु जस्तै फुटबल, क्रिकेट, भलिबल लगायतको नाम आएको थियो। तर सरकारले नै राष्ट्रिय खेल घोषणा गरिसकेको र भलिबल देशको जसनसुकै स्थानमा समेत खेल्न सकिने भएकोले भलिबल रोजेका हौँ।' राणाले भलिबल रोज्नु बारे भनिन्। 'अब राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमै भलिबललाई अगाडी बढानउन पहल गर्नेछौँ।'

उनले देश संघियतामा गइसकेपछि सातै प्रदेशबाट स्थानिय स्तरमा प्रतियोगिता गर्दै  राष्६रिय स्तरमा भलिबल प्रतियोगिता गर्दै प्रतिवाभान खेलाडीलाई स्थान दिने बताइन्।

'हामीले भलिबललाई खेलको रुपमा मात्र नभई टुरिजमको रुपमा समेत अगाडी बढाउन सक्नेछौँ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell