PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङ आइ लिग क्लब मिनेर्भा पञ्जावमा आवद्ध



गोविन्दराज नेपाल

नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङ आइ लिग क्लब मिनेर्भा पञ्जावमा आवद्ध
फोटो : खेलनाउ डट कम

काठमाडौं : नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङले व्यासासयिक फुटबल करियरमा नयाँ फड्को मारेका छन्। यसअघि माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबबाट खेलेका किरण भारतको टप फुटबल लिग आइ लिग क्लब मिनेर्भा पञ्जावमा आबद्ध भएका छन्।

चन्डिगढ बेस्ड क्लब मिनेर्भाले मंगलवार आफ्नो अफिसियल ट्वीटरमार्फत् किरण बाँकी सिजनका लागि आबद्ध भएको जनाएको छ।
 

जारी हिरो आइ लिगमा मिनेर्भा ९ खेलबाट २२ अंक जोड्दै अंक तालिकामाको शीर्ष स्थानमा छ। किरणले माल्दिभ्सको क्लबबाट खेल्नुअघि घरेलु फुटबलका चर्चित क्लबहरु मछिन्द्र, थ्री स्टार  र मनाङबाट खेलिसकेका छन्।

उनले नेपालको राष्ट्रिय टोलीका लागि ५० क्याप समेत पूरा गरिसकेका छन्। सन् २००८ मा एएफसी च्यालेन्ज कपमा मकाउ विरुद्ध खेल्दै किरणले नेपालको लागि डेब्यु गरेका थिए।

मिनेर्भा आइ लिगको सेकेण्ड डिभिजनमा सन् २०१५-१६ सिजनको रनरअफ हो। गत अगस्टमा अल इन्डिया फुंटबल एसोसिएसनले आइ लिग खेल्ने क्लबले दुई एसियनसहित ६ विदेशी खेलाडी खेल्न पाउने घोषणा गरेको थियो। त्यसै अनुसार किरण मिनेर्भामा आबद्ध हुने दोस्रो एसियन तथा छैटौँ विदेशी खेलाडी समेत हुन्।

नेपालमा ए डिभिजन लिग हुन नसक्दा राष्ट्रिय टोलीका केही खेलाडी विदेशी लिगमा खेल्न गएका छन्। नेपालकै अर्का खेलाडी रोहित चन्द हाल इन्डोनेसियाली क्लब पर्सिजा जाकार्ताबाट खेलिरहेका छन्। गत सिजन राम्रो खेलेका कारण क्लबले यस सिजनका लागि पनि उनको सम्झौता थप गरेको हो। सन् २०१० मा भारतको आइ लिग क्लब हल एससीबाट विदेशी लिग करियर सुरु गरेका रोहितले त्यसयता मलेसियामा र इन्डोनेसियामा व्यावसायीक फुटबल खेलिसकेका छन्।

घरेलु फुटबलमा रोहितमा पनि मछिन्द्र बाट क्लब करियर सुरु गरेका थिए। गत वर्ष रोहितले केही समय मनाङ मर्स्याङदीबाट मोफसलमा भएका गोल्डकप फुटबल प्रतियोगिता खेलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell