PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

डीपिएल-२ को टिम र रणनीतिक खेलाडी घोषणा



गोविन्दराज नेपाल

डीपिएल-२ को टिम र रणनीतिक खेलाडी घोषणा
फोटो : क्रिकेटिङ नेपाल

काठमाडौं : आगामी चैतमा आयोजना हुने तय भएको धनगढी प्रिमियर लिग (डीपिएल-२) मा पनि ६ टोलीको सहभागिता हुने निश्चित भएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार पत्रकार सम्मेलन गर्दै सहभागि ६ टिम, टिम सञ्चालक र रणनीतिक खेलाडीको घोषणा गरेको हो।

यसअघि सहभागि टोलीको संख्या बढ्न सक्ने बताएपनि अन्तत: ६ टोलीकै सहभागिता हुने भएको हो।

दोस्रो संस्करणमा पनि पहिलो संस्करण खेलेका ५ टोली नै निरन्तर छन्। पहिलो संस्करणमा खेलेको कञ्चनपुर आइकोनिक्सको स्थानमा यस पटक महेन्द्रनगर युनाइटेडको टिम सहभागि हुँदैछ।

यसबाहेक डिफेण्डिङ च्याम्पियन टिम चौराह धनगढी, विराटनगर किंग्स, सिवाईसी अत्तरिया, काठमाडौं गोल्डेन्स र रुपन्देही च्यालेन्जर्स छन्।

आयोजक डिसिएका अध्यक्ष सुवास शाहीले यस पटक कञ्चनपुरको स्थानमा महेन्द्रनगरको टिम सहभागि हुने बताए। उनले गत वर्ष पहिलो पटक नयाँ प्रयोग गर्दा धेरै विषयमा थाहा नभएको र विस्तारै सिक्दै जाने बताए। 'गत वर्ष पहिलो पटक राष्ट्रिय रुपमा अक्सन गरेर प्रतियोगिता आयोजना गरेका थियौँ। त्यतिखेर हामी यसबारे 'अननोन' थियौँ। त्यो नयाँ ट्राएल समेत थियो। हामी त्यतिबेला नै फ्रेन्चाइजहरुसँग नयाँ स्वरुपमा जाने सल्लाह गरेका थियौँ। जसअनुसार यो पटक दुई-दुई विदेशी खेलाडी पनि सहभागि हुनेछन्।'

यस्तै आयोजकले सहभागि ६ टिमका लागि एक-एक रणनीतिक खेलाडी पनि घोषणा गरेको छ। जसअन्तर्गत चौराह धनगढीको टिममा सोमपाल कामी, विराटनगर किंग्समा पारस खड्का, अत्तरियामा दीपेन्द्र सिंह ऐरी, काठमाडौं गोल्डेन्समा ज्ञानेन्द्र मल्ल, रुपन्देहीमा शक्ति गौचन र महेन्द्रनगरमा विनोद भण्डारी छन्। आयोजकले उनीहरुको न्युनतम मुल्य २ लाख रुपैयाँ रहेको जनाएको छ।

रणनीतिक खेलाडी

यस्तै सहभागि ६ वटै टिमको सञ्चालक पनि घोषणा भएको छ। टिम चौराह धनगढीको सञ्चालकमा राजकुमार श्रेष्ठ, विराटनगर किंग्सको सञ्चालकमा पारस लुनिया (एमडी, महालक्ष्मी केबल), सिवाइसी अत्तरियाको सञ्चालकमा श्रृजनशील युवा क्लब, रुपेन्देही च्यालेन्जर्सको सञ्चालकमा सुरज उप्रेती, काठमाडौं गोल्डन्सको सञ्चालकमा गोल्डनगेट एजुकेसन नेटवर्क तथा महेन्द्रनगर युनाइटेडको सञ्चालकमा सुशील कुमार श्रेष्ठ छन्।

सहभागी टोलीका सञ्चालक र खेलाडीले डीपिएल २ का लागि आफूहरु उत्सहित भएको बताएका छन्।

यस्तै नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले डीपिएल आयोजना गर्न आयोजकले ठूलो संघर्ष गरेको र यसबाट नयाँ खेलाडीहरुले अवसर पाउने बताए। यस्तै इपीएल र डीपिएल जस्ता टी-२० प्रतियोगिता ब्याक टु ब्याक भइरहेको र अब ५० ओभरको प्रतियोगिता पनि हुनुपर्ने र स्पोनसरहरुले साथ दिनुपर्ने बताए।

 

यस्तो छ बेस प्राइज

यस्तै आयोजक डीपिएल अक्सनमा सहभागि हुने खेलाडीलाई चार क्याटेगोरीमा राखेर बेस प्राइज समेत तोकेको छ। जस अनुसार ए क्याटेगोरीमा रहने खेलाडीको बेस प्राइज १ लाख छ र बढीमा १ लाख ५० हजारसम्म बिड गर्न पाउनेछ। यस क्याटेगोरी राष्ट्रिय टोलीबाट कम्तिमा १५ खेल खेलेको या विगत ३ वर्षयता राष्ट्रिय टोलीमा खेलिआएका खेलाडी समावेश हुनेछन्।

यस्तै बी क्याटेगोरीमा बाँकी राष्ट्रिय खेलाडीहरु, राष्ट्रिय टिमको क्याम्पमा परेका तथा यू-१९ राष्ट्रिय खेलाडीहरुलाई समेटिएको छ। उनीहरुको बेस प्राइज ५० हजार छ र बढीमा १ लाख सम्म रहनेछ।

त्यसबाहेकका बाँकी सबै अनक्याप्ड प्लेअर रहेको क्याटेगोरी सी मा रहने खेलाडीको बेस प्राइज २५ हजार छ र ७५ हजारसम्म बिड गर्न पाउनेछ।  यस्तै सुदूर पश्चिमका लोकल प्लेअरहरु मात्र समावेश गरिने क्याटेगोरी डीमा रहने खेलाडीको बेस प्राइज २० हजार छ भने बढीमा ४० हजारसम्म रहनेछ।

 

१२ खेलाडीको लागि अक्सन

आयोजक डिसिएका अनुसार सहभागी टोलीले एक टिममा १५ खेलाडी राख्न पाउनेछन्। जसमा एक रणनीतिक खेलाडी र २ विदेशी खेलाडी अनिवार्य छ। त्यसबाहेक बाँकी १२ खेलाडीको लागि अक्सन हुनेछ।

'सहभागि टोलीले १२ खेलाडीका लागि बढीमा ११ लाख खर्च गर्न पाउनेछन्।' डिसिए अध्यक्ष शाहीले भने। 'त्यसबाहेक प्रत्येक टिमले दुई-दुई विदेशी खेलाडी पनि लिनुपर्नेछ। विदेशी खेलाडी टिम आफैँले ल्याउने हो। हामीले पनि एउटा लिस्ट तयार पारेका छौँ। टिमलाई सजेस्ट पनि गर्छौँ तर त्यही लिनुपर्ने जवरजस्ती हुँदैन। दुई जना विदेशी खेलाडी अनिवार्य हो। रिप्लेसमेन्ट चाहिएमा भने राख्न पाउनेछन्।'

 

डीपिएल सबैको हो, हामी अझै सिक्दै छौँ

धनगढी प्रिमियर लिगको पायोनिअर सुवास शाहीले डीपिएल सबैको भएको र आफूहरु अझै सिक्ने चरणमा रहेको बताए। 'हामी धेरै कुरा सिक्दै छौँ। यसअघि केही कमी कमजोरीहरु भए। अब त्यसलाई सच्याउँदै अगाडी बढ्नेछौँ। पिचलाई पनि अन्तर्राष्ट्रिय स्तरमा तयार पार्ने प्रयासमा छौँ।' शाहीले भने। 'यो सुवासको मात्र प्रतियोगिता होइन, हामी सबैको हो। र हामी सबैको टिम वर्कको इभेन्ट हो। हाम्रो सोचलाई सफल पार्न सबैको सहयोग, सहकार्य र साथ रहेको छ।'

शाहीले क्रिकेटमा अझै धेरै काम गर्न बाँकी रहेको समेत बताए। 'सन् २०१० मा एसपिएकप सानो स्वरुपमा सुरु गर्दा पनि गाह्रो थियो। अहिले ठूलो इभेन्ट गर्दा केही सहज भएको छ। अझैपनि यो सुरुवात जस्तै लाग्छ। अझै धेरै गर्नुछ।'

यस्तै शाहीले आइसीसीसँग मान्यता लिने विषयमा पनि छलफल भइरहेको बताए। 'एउटा ट्रेन्ड सुरु भइसकेको छ। हामी पनि आइसीसीसँग मान्यता लिने प्रकियामा अगाडी बढीरहेका छौँ।'

यसअघि सम्पन्न भएको इपीएलले आइसीसीको मान्यता पाएको थियो र त्यसबापत इपीएल आयोजकले आइसीसीलाई २० हजार अमेरिकी डलर बुझाएको थियो।

झण्डै ३ करोड लागतमा सञ्चालन हुने रुस्लान डीपीएल २ को विजेताले नगद २५ लाख हात पार्नेछन्। जुन अहिलेसम्मकै सर्वाधिक नगद राशी हुनेछ। यस्तै उपविजेतालाई १० लाख प्राप्त गर्नेछन्। तेस्रो हुनेलाई ३ लाख र चौथोलाई २ लाख दिइने आयोजकले जनाएको छ।

 

डिपिएल अक्सनमा आइपिएलको झल्को



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell