काठमाडौँ : पूर्व युवराज्ञी हिमानी शाह शनिबार सँधैभन्दा फरक पहिरनमा देखा परिन्। ललितपुरको बटुक भैरवस्थित मन्दिरमा पूजा अर्चनाका लागि सवारी हुँदा उनी यहाँका रैथाने नेवार महिलाले लगाउने कालोमा रातो बोर्डर भएको सारी (हाकु पटासी) मा सजिएकी थिइन्।
दुर्लभ दशमहाविद्या दर्शन पूजा आयोजक समितिले आयोजना गरेको पूजामा हिमानीले पूर्ण आहुति दिएकी थिइन्।
हिमानीका कारण मन्दिर परिसरमा फोटो र सेल्फी खिच्नेको घुइँचो लागेको थियो। प्रविन रानाभाटले मन्दिर परिसरमा खिचेका केही फोटो-