PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

डिभिजन टू : नेपाली क्रिकेट टोली नामिवियामा, के भन्छन् प्रशिक्षक टमाटा?



गोविन्दराज नेपाल

डिभिजन टू : नेपाली क्रिकेट टोली नामिवियामा, के भन्छन् प्रशिक्षक टमाटा?
फाइल फोटो : रमन शिवाकोटी

काठमाडौं: आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) डिभिजन टू खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार नामिविया पुगेको छ।

डिभिजन टू अघि एक साता भन्दा बढी समयको युएई टुर सकाएर नेपाली टोली अफ्रिकन राष्ट्र पुगेको हो।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले युएई भ्रमण राम्रो भएको बताए। 'तयारीका हिसावले भ्रमण राम्रो भयो।' नेपालले युएई टुरमा त्यहाँको युएई ए टोलीसँग ३ अभ्यास खेल खेलेको थियो जसमा नेपालले २ खेल जितेको थियो भने एक खेलमा पराजित भएको थियो।

टमाटाले डिभिजन टू खेल्ने सबै टोली बलियो रहेको र राम्रो क्रिकेट खेल्नुपर्ने बताए। 'हाम्रो सबै खलाडी फिट छन्। हामीले राम्रो क्रिकेट खेल्नुपर्छ। अल टिम आर स्ट्रोङ' नामिवियाबाट टमाटाले पहिलोपोस्टलाई भने।

टमाटाका अनुसार नेपाली टोलीले आज प्राक्टिस गर्नेछ। 'भोली र पर्सी पनि प्राक्टिससँगै जिम सेसन पनि हुनेछ।' टमाटाले भने।

आगामी बिहीवारदेखि सुरु हुने डिभिजन टू मा नेपाल र आयोजक नामिवियासहित केन्या, युएई, क्यानडा र ओमान गरी कूल ६ टोलीको सहभागिता रहेको छ। नेपालले पहिलो खेलमा आयोजक नामिवियासँग खेल्नेछ। 

यस्तै नेपालले शुक्रबार ओमानसँग दोस्रो खेल खेल्नेछ भने आइतबार युएईसँग खेल्नेछ। सोमवार केन्यासँग चौथो खेल खेल्ने नेपालले पाँचौ खेल क्यानडासँग खेल्नेछ। फाइल र प्लेअफ चरणका खेलहरु फेब्रुअरी १५ मा (बिहीवार) हुनेछ।

सिंगल राउण्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टोली अर्को महिना जिम्वावेमा हुने आइसीसी वान डे वर्ल्ड कप क्वालिफायरका लागि छनोट हुनेछन्।

 

प्राक्टिस म्याचमा पारस खड्काको ५ विकेट, नेपाल विजयी

ज्ञानेन्द्रको शतक, सन्दीपको ४ विकेट, नेपाल १९३ रनले विजयी

तेस्रो अभ्यास खेलमा नेपाल ६४ रनले पराजित, ब्याटिङमा पुरानै समस्या



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell