PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

डिभिजन टू : भोलि नामिबियासँग पहिलो खेल खेल्दै नेपाल



गोविन्दराज नेपाल

डिभिजन टू : भोलि नामिबियासँग पहिलो खेल खेल्दै नेपाल

काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू बिहीवारबाट नामिवियामा सुरु हुँदैछ। पहिलो दिन ३ खेल हुनेछन्। नेपालले आफ्नो पहिलो खेल घरेलु टोली नामबियासँग खेल्दैछ।

नेपाल र नामिबियाबीचको खेल डब्लुएपी मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ।

युएईमा एक साता भन्दा बढि समयको भ्रमण पछि नेपाल आइतवार नामिबिया पुगेको थियो। नेपालले दुई दिन स्थानिय मैदानमा समेत प्राक्टिस गरेको थियो।

नेपालका प्रशिक्षक जगत टमाटाले युएई भ्रमण राम्रो भएको र सबे खेलाडीहरु सबै फिट रहेका पहिलोपोस्टलाई बताएका थिए। उनले सबे टोली स्ट्रोङ रहेको र राम्रो क्रिकेट खेल्नुपर्ने प्रतिक्रिया दिएका थिए।

नेपालले युएई ए सँग ३ अभ्यास खेल खेलेको थियो। पहिलो र दोस्रो खेल जितेको नेपाल तेस्रो खेलमा भने पराजित भएको थियो।

उता नामिवियाले भने दक्षिण अफ्रिकामा गएर तयारि गरेको थियो। जहाँ नामिवियाले रिजनल वान डे मा समेत प्रतिस्पर्धा गरेको थियो। नामिबिया पुल बीमा दोस्रो स्थानमा रहदै डिभिजन टू खेल्न फर्किएको हो।

नेपालका कप्तान पास खड्काले डिभिजन टू रोएल रम्बल जस्तै हुने बताएका छन्। 

उता नामिबियका पूर्व कप्तान समेत रहेका स्टेफान बार्डले धेरै समय अघि देखि यसका लागि तयारी गरिरहेको र टिम स्प्रिट राम्रो रहेको द नामिबियनलाई बताएका छन्।  

इतिहासमा नामिबियामाथि नेपाल हावी रहेपनि अहिले समय फेरिएको छ। नेपालले पछिल्लो ३ खेलमा नामिबियासँग हारेको छैन। २०१५ को डिभिजन टू मा नेपालले नामिवियालाई उसैको मैदानमा हराएको थियो भने वर्ल्ड क्रिकेट लिग चयाम्पियनसिपअनतर्गत घरेलु मैदानमा भएको दुवै खेल नेपालले जितेको थियो।

सन् २००१ मा आइसीसी ट्रफीमा भने नामिबियाले नेपाललाई पराजित गरेको थियो। तर उक्त खेल खेलेका कुनै पनि खेलाडी अहिले नेपालि टिममा छैनन्। 

कुनै पनि प्रतियोगिताको पहिलो खेल निकै महत्वपूर्ण हुन्छ। घरेलु टोली विरुद्धको पहिलो खेल जित्न सके नेपालि टोलीलाई मनोवेज्ञानिक फाइदा पुग्छ। उता नामिबियालाई समेत पहिलो खेल जित हात पार्ने चुनौति हुनेछ।

बिहीवारै केन्या र युएई तथा ओमान र क्यानडाबीच खेल हुनेछ।

६ टोलीको सहभागिता रहेको डिभिजन टू बाट शीर्ष दुई स्थान हात पार्ने टोली अर्को महिना जिम्वावेमा हुने वान ८ वर्ल्ड कप क्वालिफायरका लागि छनोट हुने भएकाले सबैको नजर शीर्ष दुई मा छ। 

डिभिजन टू खेल्न जानुअघि नेपालका कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटाले पनि मुख्य लक्ष्य भनेकै डिभिजन टू को शीर्ष दुईमा पर्ने र त्यसबाहेक अरु आफूहरुको नसोचेको बताएका थिए। 

नेपाली टोलीमा यसपटक युवा खेलाडीहरुको बाहुल्यता रहेकोले तिनै खेलाडिको प्रदर्शनले नेपालको आगामी यात्रा तय गर्ने निश्चित छ। 

यू-१९ का अनिल कुमार शाह र रोहित कुमार पौडेल पहिलो पनि नेपालको सिनियर टोलीमा परेका छन्। यी दुईसँगै यू-१९ कै सन्दीप लामिछाने र दीपेन्द्र सिह ऐरी, विकेटकिपर ब्याट्सम्यान दिलिप नाथ र फास्ट बलर ललित भण्डारि पहिलो पटक नामिवियामा खेल्दैछन्। 

दुई वर्ष अघि नामिबिया जाँदा करण केसी र आरिफ शेखले नेपालका लागि डेब्यु गरेका थिए।

सरेल बर्गर (नामिबिया) : तयारी राम्रो भइरहेको छ। हामी अहिले पनि क्रिकेट साउथ अफ्रिका कम्पिटेसनमा व्यस्त छौँ। जहाँ हामीले राम्रो गरिरहेका छौँ। आशा छ हामी यस मोमेन्टमलाई वर्ल्ड क्रिकेट लिग डिभिजन टू मा कायम राख्न सक्छौँ। खेलाडीहरुले टिममा आफ्नो प्रेमिला के हो बुझेका छन् र उनीहरुले आफ्नो रेसपोन्सविलिटी पनि लिइरहेका छन्। यो देख्दा एकदमै उत्साहित छौँ।

वर्ल्ड कप क्वालिफायरका लागि छनोट हुनु पहिलो स्टेप मात्र हो तर यो लामो समयको मिहेनतको प्रतिफल पनि हो। यो क्वालिफिकेसन प्रोसेस केही वर्ष अघि सुरु भएको हो। यदी हामी छनोट भयौँ भने नामिविया क्रिकेटको लागि ठूलो उपलब्धि हुनेछ।

पारस खड्का (नेपाल): आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू रोएल रम्बल जस्तै हो जहाँ सबै टिम अर्को चरणमा पुग्नका लागि बेस्ट दिन्छन्। त्यसैले नेपालको लाग यो प्रतियोगिताले धेरै महत्व राख्छ। मलाई आशा छ आइसीसी वर्ल्ड कप क्वालिफायरको लागि अगाडी बढ्ने स्टेप भएका कारण हामी यसबाट अगाडी बढ्नेछौँ।

हामी उत्साहित छौँ कि हामी आइसीसी वर्ल्ड कप २०१९ बाट दुई कदम मात्र टाढा छौँ।

नेपाल : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, शक्ति प्रसाद गौचन, सोमपाल कामी, अनिल कुमार शाह, रोहित कुमार पौडेल, करण केसी, मोहममद आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, दीलिप नाथ, ललित भण्डारी
नामिविया : सरेल बर्गर (कप्तान), जिन मिलर ब्रेडेनकाम्प, स्टेफन बार्ड, पेट्रस ज्याकोबस बर्गर, मर्वे जेर्हार्ड एरासमस, जान निकोलस फ्रइलिन्क, जान एडवार्ड ग्रीन, जिन पिएरे कोट्जे, लोहानद्रे लउरेन्स, बर्नहारड स्कोल्ट्ज, जोहानु स्मिथ, लुइस भान डेर वेस्सथुइजेन, क्रिस्टोपेल भिलजोएन, क्रेग विलियम्स

हेड टु हेट
खेल : ४
नेपाल विजयी : ३
नामिविया विजयी : १
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell