PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

राजपा : प्रदेश २ को संसदीय दलको नेतामा सोनल, सरोज यादव सभामुखको उम्मेदवार



राजपा : प्रदेश २ को संसदीय दलको नेतामा सोनल, सरोज यादव सभामुखको उम्मेदवार

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको बैठकले दुई नम्बर प्रदेशको संसदीय दलको नेतामा महासचिव जितेन्द्र सोनललाई चयन गरेको छ।

सोमबार बसेको अध्यक्ष मण्डलको बैठकबाट सोनललाई संसदीय दलको नेता चयन गरेको संयोजक महन्थ ठाकुरले बताए।

यसैगरी राजपाले सभामुखका लागि सरोज यादवलाई उम्मेदवार बनाउने भएको छ। फोरम र राजपाको भागबण्डा अनुसार राजपाको भागमा परेको सभामुख परेको छ।

फागुन २ गते सभामुखका लागि निर्वाचन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell