PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

क्यानडाविरुद्ध जितका नायक करण केसी भन्छन् : नर्मल गेम खेले जिताउन सक्छु भन्ने कन्फिडेन्स थियो



गोविन्दराज नेपाल

क्यानडाविरुद्ध जितका नायक करण केसी भन्छन् : नर्मल गेम खेले जिताउन सक्छु भन्ने कन्फिडेन्स थियो

काठमाडौं : नामिबियामा सम्पन्न डिभिजन २ खेलेर नेपाली क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ। नेपालले नामिबियामा डिभिजन २ खेल्दा स्मरणीय खेल बनेको थियो क्यानडाविरुद्धको रोमाञ्चक खेल

यो खेलमा करण केसीले दशौँ नम्वरमा ब्याटिङ गर्दै नटआउट ४२ रन बनाएर नेपाललाई जित दिलाएका थिए। ४४ ओभरमा ९ विकेट गुमाइसकेको अवस्थामा करणले सन्दीप लामिछानेसँग दशौँ विकेटका लागि नटआउट ५१ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाएका थिए।

शनिवार त्रिभुवन विमानस्थलमा करणलाई प्रतिक्रिया दिन भ्याईनभ्याई थियो। सबैले करणलाई घेरेका थिए। सेल्फी खिचाउनेको पनि भिड थियो।

क्यानडाविरुद्धको खेल जिताएर नायक बनेका करण केसीले नेपाल फर्किएपछि दिएको प्रतिक्रिया :

अब दिमागमा के थियो भने म्याच त अब जसरी पनि जित्नुपर्ने। मलाई लागेको थियो अब जसरी भएपनि खेल्नैपर्छ। अब म आफू गएर खेल्ने जे हुन्छ-हुन्छ। लास्टमा चाँही जित भयो एकदमै खुशी छु। मनभित्र डर त थियो तर मलाई कस्तो लागिराथ्यो भने मैले नर्मल गेम खेल्यो भने सायद सक्छु कि भन्ने कन्फिडेन्स थियो। अनि खेल्दै गएँ, खेल्दै गएँ लास्टमा जित भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell