PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

नेपाललाई वर्ल्डकप क्वालिफायरमा छनोट गराएर फर्केपछि कप्तान र कोचले के भने?



गोविन्दराज नेपाल

नेपाललाई वर्ल्डकप क्वालिफायरमा छनोट गराएर फर्केपछि कप्तान र कोचले के भने?

काठमाडौं: नामिबियामा भएको डिभिजन टू को शीर्ष दुई स्थानमा रहदै अर्को महिना हुने वर्ल्डकप क्वालिफायरमा छनोट भएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। टोली शनिबार राति आइपुगेको हो।

नामिबियामा सम्पन्न डिभिजन टू मा नेपाल उपविजेता बनेको थियो। लिगमा शीर्ष भएको नेपाल फाइनलमा युएईसँग पराजित हुँदै उपविजेता बनेको हो।

उपविजेता बनेपछि नेपालले अब मार्च ४ देखि जिम्बावेमा हुने वर्ल्ड कप क्वालिफायरमा समूह बी मा प्रतिस्पर्धा गर्नेछ। नेपालले मार्च ४ मा घरेलु टोली जिम्बावेसँग पहिलो खेल खेल्नेछ। यसैगरी नेपालले अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग पनि समूह चरणमा प्रतिस्पर्धा गर्नेछ।

नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले जुन लक्ष्यका साथ नामिबिया गएको थियो त्यो पूरा भएको प्रतिक्रिया दिए।

‘हामी जुन लक्ष्य पूरा गर्ने सपनाका साथ गएका थियौँ त्यो पूरा भएको छ। यो एकै दिनमा भएको थिएन हामीले लामो समय मेहनत गरेका थियौँ। सबै खेलाडीले राम्रो प्रदर्शन गरे।’

‘केटाहरुले जुन गेम खेलेर आए प्रशंसनीय छ। यस्तो उस्तो भन्ने नै छैन।' टमाटाले नेपाली टोलीको प्रशंसा गर्दै भने, 'हामीले ओभरअल हार्ड गेम खेलेर जितेका छौँ। करोडौँमा एकपटक हुने कुरा हो। केटाहरुले प्रुभ गरेर देखाएका छन्। नेपाली टिमले पनि त्यो लेभलमा खेल्न सक्छ भनेर च्यालेन्ज गरेर क्रिकेट खेलिरहेको छ भन्ने देखाएको छ’ टमाटाले भने।

कप्तान पारस खड्काले सबैले राम्रो खेलेका कारण नतिजा हात पार्न सफल भएको बताए। ‘एज ए प्लेयर हामीले राम्रो क्रिकेट खेल्यौँ। पहिलेदेखि भन्दै आएका थियौँ हामीसँग पोटेन्सियल छ भनेर। त्यसलाई कायम राख्दै वर्ल्डकप क्वालिफायरमा छनोट भएका छौँ। सबै जना उत्साहित छौँ। अब यस मोमेन्टमलाई कायम राख्दै अझ राम्रो प्रदर्शन गर्नेछौँ।’

प्रशिक्षक टमाटा र कप्तान पारसले वर्ल्डकप क्वालिफायर चुनौतीका साथै एउटा प्ल्याटफर्म भएको र त्यसमा आफ्नो क्रिकेटलाई कसरी देखाउने भन्ने नै मुख्य रहेको बताए।

‘अब हामीलाई वर्ल्डकप क्वालिफायरमा नयाँ चुनौती छ। यो एउटा प्ल्याटफर्म पनि हो। हामीले आफ्नो क्रिकेट कसरी खेल्ने भन्ने मुख्य कुरा हो।’ टमाटाले भने।

प्रशिक्षक र कप्तान दुबै जनाले युवा खेलाडीको खुलेर प्रशंसा गर्दै नेपाली क्रिकेटको भविष्यका लागि राम्रो संकेत रहेको प्रतिक्रिया दिए।

‘डिभिजन टू को पोजेटिभ पाटो भनेको लक्ष्य हासिल गर्नुका साथै जुनियर खेलाडीको प्रदर्शन पनि हो’ टमाटाले भने, ‘जुनियर लेभलमा जुन केटाहरु छन् उनीहरु नेपालको लागि खम्बा बनेर देखिएका छन्। त्यो एउटा हामी सबैको लागि नेपाली क्रिकेटको लागि खुशीको कुरा हो।’

टमाटाले इन्डिभिजुएल भन्दा पनि एज ए टिम सबैले राम्रो खेलेको बताए।

‘सबैले आफनो खेल खेलेका छन्। यो टिम गेम हो। सबैले टिम गेमे खेल। केटाहरुले इन्डिभिजुएल कसैले खेल्नेभन्दा पनि टिम भएर खेलेको हुनाले नै आजको दिनमा हामी यहाँ छौँ’ टमाटाले भने।

कप्तान पारसले सिनियर जुनियर सबैले राम्रो खेलेको बताए।

‘नेपाली टिमको एज बार हेर्ने हो भने ४/५ जनाबाहेक नेपाली टिम योङ नै छ। महत्वपूर्ण कुरा भनेको नेपालको योङ प्लेअरहरुले राम्रो प्रदर्शन गरे। चाहेको बेला सबैले राम्रो प्रदर्शन गरे। ओभरअल टुर्नामेन्ट भरी नै सबै प्लेअरहरुले उति नै कन्ट्रिब्युसन थियो। साना-साना कन्ट्रिब्युसन भए पनि हरेक प्लेअरले हरेक म्याचमा कन्ट्रिब्युट गरे। यो पाली विशेषगरी जुनियर प्लेअरुको प्रदर्शन नेपालको लागि राम्रो संकेत हो आगामी दिनमा नेपाली क्रिकेट टिमको लागि र नेपाली क्रिकेट भविष्यको लागि’ पारसले भने।

पारसले अहिले तयार पारेको मोमेन्टमलाई कायम राख्दै आगामी दिनमा अझ राम्रो क्रिकेट खेलेर नेपाललाई अझै माथि पुर्‍याउने बताए।

केही सिनियर खेलाडी डिभिजन टू मा चलेनन् नि भन्ने प्रश्नमा पारसले भने, ‘खेलाडी चलेनन् भन्दा पनि टिमको प्रदर्शन मुख्य कुरो हो। खेलाडीले जति राम्रो प्रदर्शन गरे पनि टिम क्वालिफाई नभएको भए केही हुन्थेन। खेल हो सँधै सबैले राम्रो गर्छ भन्ने छैन। त्यसैले गर्दा नेपाली टिमलाई यहाँसम्म पुर्‍याउन सबैले कन्ट्रिब्युट गरेका छन्।’

‘हामी सिनियर जुनियरभन्दा पनि टिम भएर खेलिरहेका छौँ। नेपाली टिम भएर खेलेपछि हरेक खेलाडीको उत्तिकै जिम्मेवारी हुन्छ’ पारसले भने।

कप्तान पारसले क्यानडाविरुद्धको लिग चरणमा आश मारिसकेको खेल जितेको भन्दै करण केसी र सन्दीप लामिछानेको प्रशंसा गरे।

‘क्यानडाविरुद्ध हामीले गेम हारिसकेका थियौँ। किनकी जुन एउटा पोजिसन हुन्छ त्यहाँबाट विरलै गेम जितिन्छ र हामीले त्यही पोजिसनबाट जित्न सक्यौँ। ह्याट्स अफ टु करण एण्ड सन्दीप। इन फ्याक्ट पहिलो म्याचदेखिनै वसन्त र सन्दीपले खेल जिताएपछि केन्याविरुद्ध पनि यस्तै भयो।’

‘क्यानडाविरुद्ध ५१ रन हुँदा अली गाह्रो थियो। ३० रनभन्दा कम आएपछि चाहिँ केही हुन्छ कि भन्ने भाथ्यो। फर्चुन फेभर भनेजस्तै हामीले धेरै मेहनत गरेका थियौँ कडा परिश्रम गरेका थियौँ। वर्षौँको मेहनत फलस्वरुप जुन खालको इनिङ्स खेल्यो ह्याट्स अफ टु करण।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell