PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

छ प्रदेशमा प्रमुख दलको कुरा मिल्ने संकेत



छ प्रदेशमा प्रमुख दलको कुरा मिल्ने संकेत

काठमाडौँ :  प्रमुख राजनीतिक दलहरू नयाँ बन्ने संविधानको मुख्य विवादित विषय राज्यको पुनसंरचनाका सम्बन्धमा छ प्रदेश बनाउने विषयमा सहमतिको नजिक पुगेका छन् । 

प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) तथा मधेसी मोर्चाको आज बसेको बैठकमा संविधानका विवादित विषयहरू संघीयतासहित न्याय र निर्वाचन प्रणाली तथा शासकीय स्वरुपका बारेमा सहमतिको नजिक पुगेको नेताहरूले बताएका छन् । 

सहमतिमा यथाशीघ्र संविधान जारी गर्नका लागि बसेको बैठकको छलफल संविधानका अन्तरवस्तुमा केन्द्रित भएको र सङ्घीय संरचनालाई छ प्रदेशको सेरोफेरोमा कसरी लैजाने भन्ने बारेमा सकारात्मक छलफल भएको एमालेका उपाध्यक्ष भीम रावलले बताए। 

प्रदेशका सम्बन्धमा नामाङ्कन, सीमाङ्कन र सङ्ख्या कस्तो हुने र कति हुने भन्ने बारेमा छलफल हुनुका साथै सहमतिको नजिक भएका विषयलाई टुङ्गो लगाउन शीर्षनेतालाई जिम्मेवारी दिइएको उपाध्यक्ष रावलले जानकारी दिए। 

बैठक सहमतिको निष्कर्ष नजिक पुगेको बताउँदै काँग्रेसका प्रवक्ता दीलेन्द्रप्रसाद बडूले शुक्रबार बिहान बस्ने चार पक्षको बैठकबाट धेरै विषयमा टुङ्गो लाग्ने जानकारी दिए। प्रवक्ता बडूले संविधानका विवादित विषयमा यसअघिका छलफलभन्दा निर्णयको नजिक पुगेको बैठकपछि सञ्चारकर्मीलाई बताए। 

बैठकमा चार पक्षबीच सकारात्मक छलफल भएको जानकारी दिँदै एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानका अन्तरवस्तुमा कसरी सहमति गर्ने भन्नेमा छलफल केन्द्रित रहेको बताए। 

संविधानका विवादित विषयमा बुदाँगत सहमति गर्न सबैले आआफ्ना पार्टीमा र ३० दलीय मोर्चा तथा अन्य पक्षसँग छलफल गर्नेगरी चार शीर्षनेतालाई जिम्मेवारी दिइएको उपाध्यक्ष श्रेष्ठले उल्लेख गरे। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell