PahiloPost

Jun 15, 2026 | १ असार २०८३

'बर्थ डे'कै दिन प्रधान मन्त्रीको हातबाट क्रिकेटरलाई चार लाख, ३ लाखको चेक १ लाख नगद

'बर्थ डे'कै दिन प्रधान मन्त्रीको हातबाट क्रिकेटरलाई चार लाख, ३ लाखको चेक १ लाख नगद

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : प्रधान मन्त्री केपी शर्मा ओलीले वर्ल्ड कप क्वालिफायर प्रतियोगितामा छनोट भएको नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले दिने भनेको तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनकै दिन नेपाली टोलीलाई सरकारका तर्फबाट तीन लाखको चेक र मदन भण्डारी स्पोर्टस एकेडेमीका तर्फबाट एक लाख रुपैयाँ नगद हस्तान्तरण गरे।

जन्मदिनकै कारण सरकारले घोषणा गरेअनुसारको पुरस्कार थाप्न पुगेका खेलाडीहरुले बालुवाटारमा पौने दुई घन्टा कुर्न पर्‍यो। आज बालुवाटारमा ओलीलाई जन्मदिनको शुभकामना दिन आउनेको ओइरो थियो।

वर्ल्ड क्रिकेट लिग डिभिजन टूको शीर्ष दुईभित्र रहन सफल नेपाली क्रिकेट टोलीका १४ खेलाडी र प्रशिक्षकलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो। 


ट्रेन्डिङ पोस्ट

Ncell