PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पाइला पाइलामा जोखिम मोल्नेहरु, हेर्नुस् १५ फोटा



  • मनोज सत्याल/अंगद ढकाल-
'खास राष्ट्रसेवक त यिनीहरु हुन्, हामी होइन। हामी त कुर्सीमा बसेर काम गर्ने न हो।'

काठमाडौं : आफ्नै कार्यालयमा भएको आगलागी नियन्त्रणमा जुटेका फायर बिग्रेड, नेपाली सेना र प्रहरीतर्फ हेर्दै काठमाडौंको रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणका दुई कर्मचारी कुराकानी गर्दै थिए। हामी उनीहरुको नजिक पुग्यौँ। हातमा कलम र कापी बोकेको देखेपछि उनीहरु अलिक कुराकानी गर्न हच्किए तर रोकेनन्। उनीहरु आगलागी नियन्त्रणमामा जुटेका प्रहरी र सेनाका विषयमा चर्चा गर्दै थिए।
 
'एउटा इँटा चिप्लियो भने त सिधै आगोमा पर्छन्', एकजना भन्दै थिए। अर्का कर्मचारी त्यसैमा सही थाप्दै थिए। 'भूकम्पमा पनि यिनीहरुले नै काम गरे, पाइला पाइलामा जोखिम मोल्छन्।'
 



दमकलले पानी हालेपछि भूकम्पले कमजोर बनाएको भवनका इँटा खसे। माटोको गाह्रो भएको भवन भूकम्पले चिराचिरा परेको थियो। मैले उनीहरुलाई भवनको अवस्थाबारे जान्न खोजेँ। उनीहरुले भने- भूकम्पले भत्किएपछि नयाँ छानो हालिएको हो। माथिको तल्ला काटेर यसो कार्यालय चलाउन मिल्ने बनाइएको थियो। आगलागीले सखाप पार्‍यो। आगलागी भएको भवनसँगै रहेको अर्को भवन भने भूकम्पले खण्डरहमा परिणत भएको थियो।











 
भूकम्पले चर्किएको भवनमा दमकलले पानी छ्याप्दै गर्दा भवनको गाह्रोबाट पानी रसायो। सेनाका कमाण्डरले झण्डै २५ जनामा रहेका सैनिक मध्ये आधालाई हतार हतार ओराले। सैनिकहरु आगलागी नियन्त्रणको अन्तिम अवस्थामा पुगेका थिए। उनीहरु आगलागी नियन्त्रणमा लिएर मात्रै गाह्रोबाट उत्रिए।
 







सैनिकसँग ती दुई कर्मचारीले जुद्ध बारुण यन्त्रको कुरा गरे। 'यसमा प्रचण्डको आँखा पुगेको रहेनछ, नत्र गणतन्त्रपछि यसको नाम पनि जुद्ध बारुण यन्त्र हुँदैनथ्यो होला', कर्मचारी गफमै मस्त थिए। दमकल, सेना र प्रहरी आगलागी नियन्त्रणमा लिएर बाहिर निस्कियो। 





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell