PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​झापामा डेङ्गुबाट सातजना सङ्क्रमित



​झापामा डेङ्गुबाट सातजना सङ्क्रमित

दमक : झापामा यो वर्ष पनि डेङ्गुको जोखिम बढ्न थालेको छ । डेङ्गु भाइरस सार्ने एडिज जातको लामखुट्टे मनसुनपछि बढी सक्रिय हुने भएकाले यसको सङ्क्रमण देखिन थालेको जिल्ला जनस्वाथ्य कार्यालयले जनाएको छ । 

चालु आर्थिक वर्षमा सात जनामा डेङ्गुको सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ । वर्षाको समयमा लामो समयसम्म खुल्ला ठाउँमा जमेको पानीमा यो लामखुट्टेले लार्भा बनाउने भएकाले यसको सङ्क्रमण बढ्ने कार्यालयका अधिकृत वेदप्रसाद घिमिरेले जानकारी दिए।  

फोहोर ठाउँ र लामो समयसम्म जमेको पानी यो लामखुट्टेको उत्तम बासस्थान र लार्भा उत्पादनको उपयुक्त स्थान हुने उनले बताए। बर्खायामभरि यसको सङ्क्रमण उच्च रहन्छ। गत दुई वर्षको अवधिमा झापामा डेङ्गुबाट २ सय ८१ जना सङ्क्रमित भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। 

आर्थिक वर्ष २०६९/०७० मा ७८ र २०७०/०७१ मा २ सय ३ जनामा डेङ्गु रोग देखिएको थियो । गर्मीयाममा यसको सङ्क्रमण अझ बढ्न सक्ने भएकाले सचेत रहनुपर्ने जिल्ला जनस्वास्थ्य प्रशासक चन्द्रदेव मेहताले बताए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell