PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

लिपुलेक सम्बन्धी भारत-चीन सम्झौता सच्याउन वैद्य माओवादीको माग



काठमाडौं : नेकपा-माओवादीले भारत र चीनले नेपाली भूमि लिपुलेकबाट ब्यापारिक नाका खोल्न सम्झौता गरेर नेपाली भूमिमाथि खुला अतिक्रमण गरेको भन्दै यसलाई तुरुन्त सच्याउन आग्रह गरेको छ।

गएको मे १५ मा भारत र चीन सरकारले संयुक्त रुपमा जारी गरेको ४१ बुँदे वक्तव्यको २८ औं बुँदामा नेपाली भूभागभित्रको लिपुलेकलाई भारत र चीनबीचको व्यापार विस्तार गर्न प्रयोग गर्ने भनि उल्लेख गरिएकोप्रति माओवादीले विरोध जनाएको हो।

माओवादीको जेठ २५ गते बसेको स्थायी कमिटीको बैठकले विज्ञप्तीको त्यस बुँदा सच्याएर नेपाली सार्वभौमिकताको सम्मान गर्न पनि माग गरेको छ।

'नेपाली भूमि अतिक्रमित हुने र नेपाली राष्ट्रिय सार्वभौमसत्ता प्रतिकुल बन्ने विज्ञप्तीको सो बुँदा सच्याइ लिपुलेक क्षेत्रमा नेपालको अधिकार सुनिश्चित बनाउन र नेपालको सार्वभौमिकताको सम्मान गर्न दुवै देशका सरकारसित जोडदार माग गर्ने निर्णय लिइएको छ' बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ। सीमाविदहरुले लिपुलेक क्षेत्र नेपालको दार्चुला जिल्लाको व्यास गाविसमा पर्ने बताएका छन्।

यसअघि मंगलबार व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पनि त्यस सम्झौता सच्याउनका लागि कुटनीतिक पहल गर्न सरकारलाई निर्देशन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell