PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

लोकसेवा आयोगद्वारा पूर्वाञ्चलको नासु पदको परीक्षाफल प्रकाशित



लोकसेवा आयोगद्वारा पूर्वाञ्चलको नासु पदको परीक्षाफल प्रकाशित

काठमाडौं : लोक सेवा आयोग धनकुटाले न्याय सेवाको न्याय, कानून र सरकारी वकील समूह तथा नेपाल प्रशासन सेवाको सामान्य प्रशासन, राजश्व र लेखा समूह, राजपत्र अनंकित प्रथम श्रेणी, नायव सुब्बा पदको नतिजा प्रकाशित गरेको छ।

५९ जनाको लागि पूर्वाञ्चलको धनकुटा, इलाम, भद्रपूर, विराटनगर, गाइघाट र दिक्तेल परीक्षा केन्द्रबाट परीक्षा दिएका जम्मा ८ हजार ६ सय ६७ जनाले परीक्षा दिएका थिए।

आयोगले अनत्रवार्ताका लागि १ सय १ जनाको नाम निकालेको छ। आयोगले खुलातर्फ ३०, महिला १०, आदिवासी/जनजाति ८, मधेशी ७, दलित ३ र अपाङ्ग १ जनाका लागि परीक्षा लिएको थियो।

लिखित परीक्षा २०७१ बैशाख २६ र २७ गते लिइएको थियो। आयोगका अनुसार उत्तरपुस्तिकामा 'की' नलेखेको कारण १ सय ६० जनाको उत्तरपुस्तिका रद्द गरिएको जनाएको छ।

 

नासुको परीक्षाफल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell