PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

मञ्चमा खैनी माड्ने कृषिमन्त्रीले हिलो खेल्दा के गरे यस्तो? (भिडियो)



मञ्चमा खैनी माड्ने कृषिमन्त्रीले हिलो खेल्दा के गरे यस्तो? (भिडियो)

काठमाडौं: सार्वजनिक कार्यक्रमको मञ्चमा नै खैनी माड्ने कृषिमन्त्री हरिप्रसाद पराजुली असार १५ गते हिलो खेल्ने क्रममा फेरि अर्को विवादास्पद काम गरेका छन्।

राष्ट्रिय धान दिवसको अवसरमा कृषि बिभागले काठमाडौंमा गरेको कार्यक्रममा उनले हिलो खेल्ने क्रममा महिलालाई उनीहरुको इच्छा बिपरित अंगालो हालेको फोटो र भिडियो सार्वजनिक भयो।

असार १५ गते काठमाडौंको मूलपानीमा दिउँसो तीन बजे औपचारिक कार्यक्रम सकिएपछि उनी हिलो खेल्न खेतमा उत्रिए। त्यस क्रममा उनले स्थानीय महिलासँग हिलो खेल्ने क्रममा मर्यादा बिर्सेका हुन्। हाम्रो त अस्ती नै चिनजान भएको हो नि भन्दै उनले महिलाहरुलाई अंगालो मारेको एभिन्युज टेलिभिजनको भिडियोमा देखिन्छ।

यसअघि गएको पुसमा सुनसरीको धरान नगरपालिका २६ विष्णुपादुकामा सार्वजनिक कार्यक्रमको मञ्चमा नै उनले खैनी माडेका थिए। आफु अतिथि रहेको मञ्चमा नै उनले खैनी माडेका थिए।

हेर्नुस् कृषिमन्त्रीले हिलो खेलेको फोटो


हेर्नुहोस् भिडियो :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell