PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

क्रेडिट कार्ड : यी पाँच कुरा जाने श्रीखण्ड नजाने ऋणको जालो



क्रेडिट कार्ड : यी पाँच कुरा जाने श्रीखण्ड नजाने ऋणको जालो

काठमाडौं : क्रेडिट कार्डलाई विचार नपुर्‍याइ प्रयोग गर्नु हुँदैन। नभए तपाई सजिलै ऋणको जालमा पर्नु हुनेछ। त्यही भएर क्रेडिट कार्डलाई धेरै नै समझदारीपूर्ण 'स्वाप' गर्नुपर्छ।

नेपालमा क्रेडिट कार्ड बाणिज्य बैंकहरुले मात्र जारी गर्छन्। बैंक तथा वित्तीय संस्थाहरुमा कुल एक करोड ४३ लाख ३३ हजार ७३९ वटा निक्षेप खाता खुलेका छन्। खाता खोल्नेहरुमध्ये ४२ हजार ७९१ वटा क्रेडिट कार्ड जारी भइसकेका छन्। दैनिक रुपमा क्रेडिट कार्डको प्रयोग बढ्दो छ। कार्डसँगै यसको जोखिम पनि उत्तिकै छ। त्यसबाट बच्न पाँच टिप्स।
 

आफ्नो बजेटमा टिकिरहनुस्

क्रेडिट कार्ड प्रयोग गर्न धेरै सजिलो छ त्यही भएर धेरैले यसलाई आवश्यकताभन्दा बढी प्रयोग गर्छन्। तपाईँ क्रेडिट कार्डबाट त्यति नै खर्च गर्नुस् जति तपाईँको क्षमताले भ्याउँछ। तपाई क्रेडिट कार्डबाट मासिक कति खर्च गर्ने भनेर एउटा सीमा तय गर्नुस्। यस्तो सीमा क्रेडिट कार्डबाट खर्च गर्न सकिने पुरै रकमको आधाभन्दा बढी हुनु हुँदैन। तपाईँ क्रेडिट कार्ड एकाउन्टसँगै आफ्नो मोबाइल नम्बर पनि रजिस्टर गराउनुस्। तपाईँले खर्च गरेको रकम मोवाइलमा एसएमएस आउने छ। जसले तपाईँको खर्च सीमाका बारेमा तपाईँलाई जानकारी गराइरहन्छ।
 

पुरै बिलको भुक्तानी गर्नुस्

हरेक महिना क्रेडिट कार्डको बिल आउँछ। यसलाई कार्ड स्टेटमेन्ट पनि भनिन्छ। यो बिल भुक्तानी समयमा नै गर्नुस्। नभए तपाईँले जरिवाना शुल्क तिर्नुपर्ने हुन्छ। नगद भुक्तानीका साटो इन्टरनेट बैंकिङ मार्फत पैसा तिर्नुस्। समयमा भुक्तानी नगर्नाले तपाईँले ठूलै रकम व्याज तिर्नुपर्ने हुन्छ।
 

ऋण सीमा नबढाउनुस्

बैंक तपाईको आम्दानीका आधारमा ऋणको सीमा बढाउन प्रस्ताव गर्न सक्छ। यदि तपाईँले सीमा बढाउनु भयो भने पहिलेभन्दा बढी खर्च गर्न प्रेरित हुनुहुने छ। कम्तिमा एक वर्षका लगि ऋण सीमा बढाउँदै नबढाउनुस्। बैंकले त तपाईँलाई सीमा बढाउन प्रेरित गर्न सक्छ। उसको त कामै त्यही हो। तर प्रेरित हुनुअघि आफ्नो गोजी हेर्नुस्। तपाईँ पहिले तय गरेको सीमा अनुसार नै क्रेडिट कार्डको प्रयोग गर्नुस्। यो सीमासम्म पुगेपछि नगद कारोबारमा ध्यान दिनुस्।
 

कार्ड  सुरक्षित गर्नुस्

क्रेडिट कार्डको सुचनाहरु कसैलाई पनि जानकारी नदिनुस्। कार्डको पछाडि लेखिएको सिबिबीको जानकारी त झन् कसैलाई दिँदै नदिनुस्। तपाईँ आफ्नो कार्ड प्रयोग गर्न कसैलाई पनि नदिनुस्। क्रेडिट कार्ड प्रयोग गर्दा लाग्ने खर्च तपाईँले नै भुक्तानी गर्नुपर्ने हुन्छ। यदि तपाईँ कार्ड कतै स्वाप गर्दै हुनु हुन्छ भने सेल्स पर्सनलाई अलि बढी ध्यान दिनुस्। उसले तपाईँको कार्डको जानकारी चोरिरहेको हुनु सक्छ। अनलाइन पेमेन्ट गर्दा विश्वसनीय वेबसाइट नै प्रयोग गर्नुस्।
 

पैसा निकाल्न प्रयोग नगर्नुस्

क्रेडिट कार्डको प्रयोग बैंक या एटिएमबाट पैसा निकाल्न प्रयोग नगर्नुस्। जुन पैसा तपाईँ निकाल्नुहुन्छ त्यसलाई क्यास एडभान्स भनिन्छ। यसमा तपाईँले भारी ब्याज तिर्नुपर्ने हुन्छ। यो ब्याज पैसा झिकेदेखि नतिरेसम्म लाग्छ। यस्तो कारोबारमा ग्रेस पिरियड पनि हुँदैन। तर खरिद गर्ने खालको कारोबारमा भने यस्तो पिरियड हुन्छ। एडभान्समा कारोबार शुल्कसमेत लाग्छ। यो पनि महँगो हुन्छ। यस्तो विकल्पको प्रयोग भनेको एकदमै आवश्यकता पर्दा मात्र गर्ने हो। एजेन्सीको सहयोगमा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell