काठमाडौँ : गएको बुधबार हिरोइन निशा अधिकारीले तालुचिन्डे गरी कपाल खौरेको फोटो फेसबुकमा अपलोड गरेपछि विभिन्न अनुमान हुँदै आएका छन्। नयाँ पत्रिका दैनिकले तीन वटा अनुमान गर्दै पत्रिकामा छापेको समाचार धेरै अनलाइनहरुले साभार गरे।
अनुमानको बजार गरम हुँदै गर्दा मंगलबार प्याजी रङ्गको लुगा लगाएर पुनः एउटा फोटो अपलोड गरेकी छिन्। त्यसमा कमेन्ट गर्नेहरुले पनि अनेक थरि अनुमान गर्न छाडेका छैनन्।
Goooooodd moorrrrnniinnggg NNeeppaallll!! <3
Posted by Nisha Adhikari Everesteer on Monday, 6 July 2015
रमेश श्यामले कमेन्ट गरेका छन्, 'कपालमा लिखा जुम्राले घेर्यो होला अनि कपाल खौरेको होला।'
सुवास रब्न पण्डित क्षेत्रीले सोधे, व्रतबन्ध गर्नुभा हो हजुर?
डिजी शर्मा लेख्छन्, 'नारीको कपाललाई उसको गहना ठान्ने मान्छे म। कपाल बिनाको नारी त्यति मन नपरेको अवस्था।'
तर उनको लुक्स मन पराउनेहरु पनि प्रशस्तै छन्। विकासजी नेवारले लेखे, 'हैट, कपालको क्षति, लुक बडी सेक्सी'। कसैले उनलाई रोनाल्डो जस्तो, कसैले आम्बेर रोज जस्तो कसैले पिटबुल जस्तो समेत भने।
श्रीराम थापाले लेखे, 'कमसेकम कपालको लागि चाहिने सेम्पु साबुन अगेरा बगेरामा खर्च हुने बजेट बचत हुने भयो ..।'
प्रशंसा र आलोचनाका कमेन्टहरुलाई निशाले पनि इन्ज्वाय गरेकै देखियो। उनले लेखिन्, 'यो स्माइलीहरु पनि टक्लु है !'
रहस्य यस्तो
उनले अर्को कमेन्ट लेखिन्, 'हाहाहाहा, फिडब्याकका लागि सबैलाई धन्यवाद। आफ्नो जीवन आलोचना गरेरै बिताउने सुर छ कि के हो, कृपया नगर्नुस्। जीवन यसका लागि निकै छोटो छ। तपाईँका कारण म केही पनि परिवर्तन गर्नेवाला छैन।'त्यसपछि उनले कपाल खौरनुको कारण खुलाइन्, 'मैले आफ्नो कपाल बच्चाहरुका लागि बिग (नक्कली कपाल) बनाउन दान गरेकी हुँ। मेरो कपाल पछि फेरि उम्रनेछ। तपाईँको कपाल तपाईँलाई जे मन लाग्छ गर्नुस्। त्यो तपाईँको कपाल हो। नट अ बिग डिल।'