PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

भदौमा नेपाली सिनेमाको भिड



भदौमा नेपाली सिनेमाको भिड

  • विष्णु शर्मा/पहिलोपोस्ट -
काठमाडौं : भूकम्पपछि थलिएको नेपाली सिनेमाको बजार पुनः जुर्मुराउने संकेत देखिएको छ। प्रतीक्षित फिल्मले धमाधम रिलिज मिति घोषणा गर्न थालेका छन्। आउँदो भदौ प्रदर्शन भीडन्तको महत्वपूर्ण महिना हुनेछ।

भदौ ४ मा होस्टेल रिटर्न्स प्रदर्शन हुनेछ। त्यसको सातापछि ११ मै रेशम फिलिली र भैरव रिलिज हुनेछन्। संगीतले हाइप बटुलेको सिनेमा रेशम फिलिली मल्टिप्लेक्स र भैरव एकल पर्दा लक्षित हुन्।
 
भदौ २५ मा टीनएज ड्रामा लभसब प्रदर्शन हुनेछ। संयम पुरीसलोन बस्नेतकरिश्मा श्रेष्ठ अभिनित यो फिल्मलाई युवापुस्ताले रुचाउने आशा यसका निर्माता नरेन्द्र महर्जनले राखेका छन्।
 
असोज १ गते प्रतीक्षित सिनेमा वडा नम्बर ६ प्रदर्शन हुनेछ। दीपकराज गिरीदीपाश्री निरौला र निर्मल शर्माले मिलेर निर्माण गरेको फिल्ममा नेपाली टेलिभिजनमा सिरियलबाट ख्याति कमाएका कलाकारले अभिनय गरेका छन्।
 
आगामी दशैं तीन ठूला फिल्म भीडन्तको साक्षी बन्नेछ। चखें शंखे पंखे र प्रवासपछि अब पालो अधकट्टीको। अधकट्टीले कात्तिक ३ गते मोफसल र कात्तिक ६ लाई काठमाडौं रिलिज मिति तोकेको छ।
 
अघिल्ला दुई सिनेमाले यसअघि उक्त मितिलाई बुक गरिसकेका छन्। चखें शंखे पंखे सोसल ड्रामा र कमेडी सिनेमा हो र यसमा सुदर्शन थापासुवास थापा र पूजा शर्माको अभिनय छ। प्रशान्त तामाङ र रजनी केसीको अभिनय रहेको प्रवासलाई अघिल्लो ब्लकबस्टर सिनेमा गोर्खापल्टन निर्माताले बनाएका हुन्।
 
तीनैवटा सिनेमाको विधा समान भएकाले मनोवैज्ञानिकरुपमा पनि यी तीनबीच जानराको लडाई हुनेछ। तीनै सिनेमाले दशैंको फिल्म अर्थतन्त्रलाई चलायमान गराउने अपेक्षा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell