PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

टेलिकमले बाँधिदियो आर्यन र गरिमाको जोडी



टेलिकमले बाँधिदियो आर्यन र गरिमाको जोडी

  • पहिलोपोस्ट -
काठमाडौं : अहिलेका चल्तीका कलाकार हुन् आर्यन सिग्देल र गरिमा पन्त । यी दुईलाई अहिलेसम्म स्क्रिन सेयर गरेको देखिएको छैन । तर, यो मेसो मिलाइदियो नेपाल टेलिकमले।
 
टेलिकमले निर्माण गरेको १ मिनेट ३० सेकेन्ड लामो विज्ञापन फिल्ममा भने आर्यन र गरिमाको पेयरिङ देख्न सकिन्छ। निर्देशक दिनेश राउतले निर्देशन गरेको यो एड् फिल्ममा पति-पत्नीबीचको प्रेम मोबाइल संचारमार्फत् दर्शाउने प्रयत्न गरिएको छ।
 
साउन पहिलो साता रिलिज हुने यो विज्ञापनमा आर्यन र गरिमाको जोडीलाई दर्शकले टेलिभिजनमार्फत् हेर्न पाउनेछन्। महँगो विज्ञापन भनिएको यो एड् हेरेपछि आर्यन र गरिमाको फिल्मी जोडी कसरी स्थापित होला, समयले बताउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell