PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

​आनी छोइङलाई फिल्म र सेलिव्रिटीको सहयोगी हात



​आनी छोइङलाई फिल्म र सेलिव्रिटीको सहयोगी हात

  • पहिलोपोस्ट –
काठमाडौं : गएको वर्ष उत्कृष्ट समीक्षा पाएको सिनेमामध्ये एक हो ‘माला’ । यसको पटकथा र छायांकनलाई क्रिटिक्सले उच्च रेटिङ दिलाए। प्रशंसाको अर्को सूचीमा थपिइन् गायिका एवं समाजसेवी आनी छोइङ डोल्मा।
 
आफूले खोलेको सामाजिक संस्था आरोग्य फाउन्डेसनका लागि यी भिक्षुणीले सिनेमाको कल्याणकारी प्रदर्शन गरेकी थिइन्। उनको निम्तोमा सिनेमा हेर्न माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, अभिनेता विजय लामा, आर्यन सिग्देल, अभिनेत्री गौरी मल्लसहित सिनेमाका ठूला नाम क्यूज मल्टिप्लेक्समा उपस्थित थिए।
 
‘धेरै फिल्म हेर्दा पिटिएकी पनि छु। फिल्म हेरेर खुबै रोमान्चित पनि भएकी छु। म फिल्मकी किरा हुँ,’ आनी छोइङ डोल्माले भनिन्, ‘नेपाली फिल्मको क्वालिटी यो लेभलमा पुगेको देख्दा हर्षित छु। अंगदान सेवा गर्न खुलेको हाम्रो फाउन्डेसनको रकम संकलन गर्न हामीले सिनेमा देखाएका हौं।’
 
बेलायतमा पढेर आएका चिकित्सक पुकार श्रेष्ठले अंगदानबारे सबैले जान्नु जरुरी भएको बताए। ‘मस्तिष्कको मृत्यु भए पनि आठ अंग प्रत्यारोपण गर्न सकिन्छ। कठिनाइका बाबजुद विदेशमा अंगदान गर्दा ३० लाख लाग्छ, नेपालमै ३ लाखमा गर्न सकिन्छ। सरकारले व्योहोर्ने गरी त्यो पनि निःशुल्क,’ श्रेष्ठले भने।
 
सिनेमा हेरिसकेपछि दर्शकले फिल्म रुचाएको निर्देशक सुदीप भुपालले बताए। फिल्ममा आर्यन, प्रियंका कार्की, प्रज्वलसुजल गिरी र सुमिना घिमिरेको मुख्य अभिनय रहेको ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell