PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

​प्रबल गुरुङलाई विश्व फेसनको उच्च अवार्ड



​प्रबल गुरुङलाई विश्व फेसनको उच्च अवार्ड

काठमाडौं : फेसन जगतमा सिर्जनात्मकता भित्र्याएको र नेपालका भूकम्प पीडितलाई सहयोग गरेबापत अमेरिकामा रहेका नेपाली फेसन डिजाइनर प्रबल गुरुङलाई सम्मान गरिने भएको छ।
 
विश्व फेसनको प्रतिष्ठित संस्था फेसन ग्रुप इन्टरनेसनलले आउँदो नोभेम्बर १३ मा गुरुङलाई नाइट्स अफ स्टार्स गालाको छेकोमा सम्मान दिने भएको हो। गुरुङलाई करियर अचिभमेन्ट फेसन अवार्डका लागि छनौट गरिएको जनाइएको छ।
 
उक्त संस्थाका निर्देशक चक स्टिलम्यानले प्रबललाई अवार्डका लागि मनोनित गरिनुमा उनको योगदान मात्र नभएर विश्व फेसनलाई अघि बढाउन उनमा रहेको प्रतिबद्धता पनि महत्वपूर्ण रहेको बताए।
 
प्रबललाई गत वर्ष अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले पनि सम्मान प्रदान गरेको थियो। काठमाडौंमा हुर्किएका प्रबलले आफू प्रमुख रहेको शिक्षा फाउन्डेसनमार्फत भूकम्प पीडितका लागि राहत संकलन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell