PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

‘बाहुबली’ले पाँच दिनमा नेपालमा कमायो ७० लाख



‘बाहुबली’ले पाँच दिनमा नेपालमा कमायो ७० लाख

  • पहिलोपोस्ट -
काठमाडौं : हिन्दीमा डब गरिएको दक्षिण भारतीय सिनेमा ‘बाहुबली’ले प्रदर्शनको पाँच दिनमा नेपाली बक्सअफिसमा ७० लाख ग्रस आम्दानी गरेको छ । वितरण कम्पनी दर्शना आर्टस्ले कलेक्सन पुष्टि गरेको हो । 

रोचक कुरा त के छ भने, राष्ट्रिय तथा अन्तराष्ट्रिय बलियो ‘वर्ड अफ माउथ’ले गर्दा कलेक्सन सोमबार र मंगलबार उच्च रह्यो, जति सप्ताहन्तमा हुन सकेन । छिमेकी उद्योग बलिउड र ओभरसिजको पजेटिभ रिभ्यूको प्रभाव नेपाली बीओमा देखिएको हो । 

मंगलबार मुलुकका मुख्य मल्टिप्लेक्स क्यूएफएक्स, बिग मूभिज, एफक्युबको अकुपेन्सी शतप्रतिशत रह्यो । जयनेपालजस्तो सिंगल थिएटरमा समेत फिल्म हाउसफूल रह्यो । 

वितरकले फिल्म ल्याउने बेलामा आक्रामक आम्दानीको अपेक्षा नगरेपनि नसोचेको ब्यापार भैदियो । सप्ताहका दिनमा फिल्म हेर्न हलमा पुग्ने अधिकांश दर्शकको धारणा बुझ्दा उनीहरुलाई वर्ड अफ माउथले आकर्षण गरेको पाइयो । 

मोफसलका सिंगल थिएटर समेत यो फिल्मले खचाखच देखिएका छन् । पोखरा, नारायणगढ, हेटौंडासहितका फिल्म बजारमा दर्शक ओइरिएको दर्शना प्रमुख सुरेशदर्पण पोखरेलले बताए । 

‘बाहुबली’को आक्रामक अकुपेन्सीको प्रभाव शुक्रबार रिलिज हुने सलमान खान स्टारर ‘बजरंगी भाइजान’का देखिने अड्कल काटिएको छ । सलमानको फिल्मलाई १ सय ३० स्क्रिनमा देखाइने भनिएपनि बाहुबलीले दोस्रो साता धेरै हलमा होल्डओभरलाई कायमै राख्ने अनुमान गरिएको छ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell