PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

वाहियात लभको गीत !



वाहियात लभको गीत !

  • पहिलोपोस्ट -
काठमाडौं : सिनेमा ‘वडा नम्बर ६’ले पहिलो अफिसियल गीत सार्वजनिक गरेको छ। सिनेमाले पब्लिसिटी सुरुआत गर्दै गीत रिलिज गरेको हो। 

निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले आयोजित जमघटमा गीत बाँडे र फिल्मबारे जानकारी दिए। 

रिलिजको दुई महिना अघि कमेडी ड्रामा ‘वडा नम्बर ६’ले सिनेमाबारे औपचारिक जानकारी दियो। दीपक र प्रियंका कार्कीको फिचरिङ रहेको गीत ‘वाहियात लभस्टोरी...’ रिलिज गरियो । 

‘फेसभ्यालु चेन्ज गर्न र ६ एकान ६ भन्दा भिन्न बनाउन दयाहाङ र प्रियंकालाई लिएका हौं,’ दीपकले भने, ‘२ घन्टा १० मिनेटसम्म फिल्मले बोर गर्दैन।’

अभिनेता दयाहाङ राईले नागरिकले भोगेको समाजको कथा फिल्मको विषयवस्तु भएको बताए। प्रियंकाले फिल्मको कथा र प्रस्तुतिकरणको स्तर राम्रो रहेको बताइन्। 

दीपाश्री निरौला, निर्मल शर्मा र दीपकले मिलेर बनाएको फिल्ममा जीतु नेपाल, केदार घिमिरे, कुन्जना घिमिरे, माग्ने बुढा, ताराचन्द्र बजगाइँ, सुमन गिरीको समेत लगानी छ।




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell