PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

काठमाडौँ दक्षिण एसियाकै महँगो सहर



काठमाडौँ दक्षिण एसियाकै महँगो सहर

काठमाडौँ : भारतको आर्थिक नगरी मुम्बई, राजधानी नयाँ दिल्ली र पाकिस्तानको कराँची भन्दा नेपालको राजधानी काठमाडौँ महँगो रहेको तथ्याङ्क सार्वजनिक भएको छ। 

इकोनोमिस्ट म्यागेजिनले सार्वजनिक गरेको वर्ल्ड कस्ट अफ लिभिङ इन्डेक्समा विश्वको सबैभन्दा सस्तो सहरको एक नम्बरमा भारतको मुम्बई परेको छ। यो इन्डेक्स जीवन यापनका लागि आवश्यक विभिन्न वस्तुहरु जस्तै खाद्यान्न, मदिरा, पोशाक, भाडा, यातायात र बिजुली पानी आदिको भाउमार्फत् मापन गरिन्छ। 

मुम्बईमा एक केजी पाउरोटीको मूल्य एक डलर पनि पर्दैन ($ ०.९१) पाँच वर्षअघिभन्दा दुई सेन्ट सस्तो भएको छ मूल्य। त्यस्तै एक बोतल वाइनको मूल्य २०.५९ डलर देखाइएको छ जुन पाँच वर्षअघिको भन्दा झण्डै ५ डलर सस्तो हो। एक लिटर पेट्रोलको मूल्य यहाँ १.२१ डलर छ जुन पाँच वर्षअघिको भन्दा एक सेन्ट सस्तो हो। वर्ल्ड कस्ट अफ लिभिङ इन्डेक्समा मुम्बईले ३९ अङ्क पाएको छ।

दोस्रो सस्तो सहरमा पाकिस्तानको कराची परेको छ। वर्ल्ड कस्ट अफ लिभिङ इन्डेक्समा यसले ४० अङ्क पाएको छ। कराचीमा एक केजी पाउरोटीको मूल्य १.५९ डलर छ। एक बोतल वाइनको १३.७३ र एक लिटर पेट्रोलको १.१४ डलर पर्छ। 

तेस्रो सस्तो सहरमा भारतकै राजधानी नयाँ दिल्ली परेको छ। वर्ल्ड कस्ट अफ लिभिङ इन्डेक्समा यसले ४३ अङ्क पाएको छ। यहाँ एक केजी पाउरोटीको मूल्य १.०५ डलर छ भने एक बोतल वाइनको १६.३३ डलर। एक लिटर पेट्रोलको मूल्य यहाँ पनि १.१४ डलर नै छ।

चौथो सस्तो सहरमा सिरियाको दमास्कस परेको छ।  वर्ल्ड कस्ट अफ लिभिङ इन्डेक्समा यसले ४४ अङ्क पाएको छ जुन काठमाडौको बराबर हो। तर नेपाललाई पाँचौँ नम्बरमा राखिएको छ। दमास्कसमा एक केजी पाउरोटीको मूल्य १.८८ डलर छ भने एक बोतल वाइनको ६.४७ डलर। एक लिटर पेट्रोलको मूल्य यहाँ  ०.७८ डलर मात्र छ।

वर्ल्ड कस्ट अफ लिभिङ इन्डेक्समा ४४ अङ्क पाएको काठमाडौँ पाँचौँ नम्बरमा छ। इकोनोमिस्टका अनुसार एक केजी पाउरोटीको मूल्य १.२६ डलर छ भने एक बोतल वाइनको १८.९८ डलर। एक लिटर पेट्रोलको मूल्य यहाँ  १.२४ डलर छ।

विश्वका सबैभन्दा सस्ता १० सहरमा परेको तर काठमाडौँ भन्दा महँगा सहरहरुमा क्रमशः अल्जेरियाको अल्जियर्स, रोमानियाको बुखारेस्ट, पनामाको पनामा सिटी, साउदी अरबको जेद्दाह र साउदी अरबकै रियाध रहेको छ।  

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell