PahiloPost

May 16, 2025 | ३ जेठ २०८२

अर्थमन्त्री महतको गाडीमा पेट्रोल बम प्रहार



अर्थमन्त्री महतको गाडीमा पेट्रोल बम प्रहार

काठमाडौं : अर्थमन्त्री डा. रामशरण महतलाई लक्षित गरी नुवाकोटमा पेट्रोल बम प्रहार भएको छ। संविधानको मस्यौदामा सुझाव संकलनका लागि नुवाकोटको खरानीटार जाँदै गरेका महतमाथि गणेस्थान गाविसको छेदीखोलामा पेट्रोल बम आक्रमण भएको नेपाली कांग्रेस नुवाकोटका सचिव रमेशकुमार महतले बताए।

उनका अनुसार अर्थमन्त्री सवार गाडी पार भएपछि पेट्रोल बम सडकमा खसेको थियो।

'त्यहाँ भीर छ, भीरमाथिको जंगलबाट पेट्रोल बम आक्रमण भएको हो,' महतले भने, 'कसैलाई पनि केही भएको छैन।'

अर्थमन्त्री महत नुवाकोट क्षेत्र नं २ का प्रत्यक्षतर्फका सभासद हुन्। महत यो क्षेत्रको खरानीटारमा सुझाव संकलनका लागि जाँदै थिए। गणेशस्थान पनि क्षेत्र नं २ मा नै पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell