PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

​प्रचण्डले आफूलाई तुलना गरे मोदीसँग



​प्रचण्डले आफूलाई तुलना गरे मोदीसँग

काठमाडौँ : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तुलना गरेका छन्। स्वदेश फर्किएपछि काठमाडौँ विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्ने क्रममा उनले मोदीको नेपाल भ्रमणका बेला बानेश्वरमा जनतासँग हात मिलाए जस्तै आफूलाई हेर्न भारतमा भीड लागेको बताएका हुन्।

प्रचण्ड भूकम्पका कारण ध्वस्त भएको भारतको गुजरातमा भ्रमण गर्न गएका थिए। गुजरातमा प्रचण्डले आफू पुग्दा बानेश्वरमा जनता निस्किए जस्तै हजारौँ जनता हेर्न आएको बताए।


'हामी त्यहाँ पुग्दा हजारौँ जनता सडकमा निस्किएका थिए, हाम्रो स्वागतमा। यति धेरै उत्साह देखिन्थ्यो। मैले चाँही कस्तो महसुस गरेँ भने मोदी जी यहाँ आउँदा बानेश्वरमा चोकमा कहाँ कहाँ जनताहरु आफैँ निक्लिए जस्तै त्यहाँ स्वस्फूर्त जनतामा त्यति ठूलो उत्साह रहेछ। हामी प्रति, भनौँ नेपाल प्रति नै,' प्रचण्डले तुलना गर्दै भने।

उनले गुजरातमा नेपालीहरुले भूकम्प गएपछि पाएको दु: ख प्रति पनि सहानुभूति प्रकट गरेको सुनाए। 'सहानुभूति देखियो - महिला, बुढाबुढी, युवा, विद्यार्थी, बुद्धिजीवी सबैको। हाम्रो जस्तै दु:ख पाएको र त्यो पीडाबाट पार पाएर अगाडि बढेको हुनाले। अहिले त्यहाँ नयाँ बस्ती विकास भएको रहेछ ग्रामीण ठाउँहरुमा पनि', प्रचण्डले भने। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell