PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

डलर तिरेर रुख रोप्दै माओवादी नेता शर्माले जन्मदिन मनाए



डलर तिरेर रुख रोप्दै माओवादी नेता शर्माले जन्मदिन मनाए

लुम्बिनी : भोज भतेर र मान्छे जम्मा गरेर होइन, पूर्व शिक्षामन्त्री एवम् एनेकपा माओवादी नेता दीनानाथ शर्माले यस पटक आफ्नो जन्मदिन फरक शैलीले मनाए। 

राजनीतिसँगै पछिल्लो समय लेखन तथा साहित्य क्षेत्रमा समेत बढी रुचि राख्दै आएका शर्माले सोमबार ७० वर्षमा प्रवेश गरेको अवसरमा २५० डलेर तिरेर लुम्बिनीमा वृक्षरोपण गरे। 

आफ्नो जन्मदिन शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा उनले बोधिवृक्ष रोपेर मनाएका हुन्। 

नेता शर्माले विगतमा आफू लुम्बिनीमा आउँदा तथा श्रीलङ्का भम्रणका क्रममा बोधिवृक्ष रोप्ने प्रेरणा मिलेको बताए। 

वुद्ध जन्मभूमि लुम्बिनीमा लुम्बिनी गुरुयोजनाअनुरुप विशिष्ट खालका व्यक्तित्वबाट बोधिवृक्ष रोप्नका लागि सःशुल्क व्यवस्था गरिएको छ । सोहीअनुरुप नेता शर्माले आफ्नो ७०औँ जन्मदिन पारेर लुम्बिनीमा बोधिवृक्ष रोपेका हुन्। 

सो बोधिवृक्षलाई परिवारका सदस्य तथा उनका शुभचिन्तकले पछिसम्म स्मरण गर्न सक्नेगरी संरक्षण गरिने बताइएको छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell