- ढाकाराम सापकोटा -
आएको विनासकारी भुकम्पले दलहरूलाई एक ठाउँमा आउन बाध्य बनायो। फलतः १६ बुँदे सहमतिपछि अहिले संविधानसभाबाट संविधानको पहिलो मस्यौदा तयार भएको छ। उक्त मस्यौदा लिएर सांसदहरू निर्वाचन क्षेत्रमा गएर जनताको राय सुझाव लिन अभियानमा छन्।
संविधान लेखन कार्य अति जटिल विषय हो। त्यसका बारेमा राम्रो ज्ञान नभएकाहरूले संविधान लेख्ने कुरामा आट गर्नै सक्दैनन्। अहिले संविधानसभामा रहेका ६०१ सभासदहरूमध्ये कति औठा छापवाला रहेका छन् भने कतिलाई सामान्य लेखपढ गर्न जाने पनि संविधानमा राखिने धारा, उपधारा त्यहा उल्लेख गरिने भाषा, त्यसले पु¥याउने दीर्घकालीन असरका बारेमा कमै मात्र जानकारी छ। त्यसै भएर बेलाबखत ६०१ को भेडी गोठले संविधान लेख्ने होइन यी किनाराका साक्षीमात्र हुन भन्ने आवाज पनि उठ्ने गरेको थियो। राजनीतिक सुझबुझ भएर त्यस ठाउँसम्म आएको व्यक्तिको हालत त यस्तो छ भने गाउँघरमा बस्ने सामान्य नागरिकको अवस्था सहजै कल्पना गर्न सक्छौ। त्यतिमात्र होइन आफ्नो जायजेथा बन्दक राखेर ऋण लिँदासमेत पढ्न नजानेर साहुले जे लेखेको छ त्यसैमा ल्याप्चे ठोक्ने नागरिकहरू समक्ष राय सुझाव लिन जाने काम भइरहेको छ। विचरा तिनले के सुझाव देलान ? गरीब सधैँको गरीब संविधानमा कुनै धारा उल्लेख नभएर भएको होइन। नेपाललाई एसियाली मापदण्डमा पु¥याउने नारा र सर्वहाराको शासन ल्याउने नारा त्यही बर्ग बन्यो जो सदियौंदेखि पिल्सिँदै, ठगिँदै र लुटिँदै आयो। देशमा राजतन्त्र हुँदा के, गणतन्त्र हुँदा के ? प्रजातन्त्र र निरङ्कुशमा फरक के ? त्यसको अन्तर जीवनमा कहिल्यै परेन भने उसको निम्ति परिवर्तन भन्ने कुराको के अर्थ रह्यो ? अब बन्ने संविधानमा पनि त्यो वर्गले के आशा गर्ला? एक त वर्षाको समय अर्को तर्फ सदरमुकाममा सुझाव लिने हुँदा जसले परिवर्तनका नाममा फाइदा लिएको छ तिनीहरू कै सुझाव आउने छ। जुन नेताको जीवनशैली पछ्याउने खालको हुनेछ।
हिन्दु धर्म मान्ने केही व्यक्तिहरूले पछिल्लो समय धर्म परिवर्तन गरेका छन्। पढेर, जानेर र बुझेर त्यसो गरेका होइनन्। धर्म बदल्दा पाइने आर्थिक सहयोगले परिवर्तनको सङ्केत देखियो थोरै भए पनि राहत पाएको महसुस गरे। तब न धर्म परिवर्तन गर्ने होडजावी चल्यो। जसरी जनताको गरीबी माथि शासक र राजनीतिक दलले फाइदा उठाएका थिए त्यस्तै फाइदा अरुले पनि उठाए। जति जति जनता गरीब र अशिक्षीत हुन्छन तिनै जनतामाथि राजनीति गर्न सजिलो हुने भएकाले हुनपर्छ राजनीतिक रुपमा मुलुकमा ठुलठुला परिवर्तन भए तर त्यसको प्रभाव सामान्य मानिसको जीवनमा कहिल्यै परेन र पार्ने प्रयास पनि गरिएन। जनताले लड्न बाँकी रहेको कुनै लडाई छैन। तर त्यो लडाई अरु कसैका लागि लडिदिए जस्तो मात्र भयो। स्वयमका लागि कहिल्यै हुन सकेन। व्यवस्था फेरियो, संविधान फेरियो, शासक फेरिए तर व्यवहार र संस्कार फेरिन सकेन। बिडम्वना नै भन्नु पर्छ नेपालमा भएका राजनीतिक परिवर्तनले त्यो खालको संस्कारलाई कहिल्यै परिवर्तन गर्न सकेन।
संविधानको मस्यौदा लिएर जिल्लाजिल्ला पुगेका नेतालाई सुझाव छ “जनता संविधानमा लेखिएका कुराले भन्दा पनि तिम्रो व्यवहार र शैलीले पीडित छन् पहिला त्यसलाई सुधार गर। जुन कुरा संविधानमा लेख्नु पर्छ कि पर्दैन थाहा छैन तर व्यवहारमा सुधार गर्नै पर्छ” यही नै संविधान लेखनमा जनताको एक सुत्रीय सुझाव छ।
[email protected]