PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सुन तोलाको ४८ हजार ! अझै घट्ने प्रक्षेपण



सुन तोलाको ४८ हजार ! अझै घट्ने प्रक्षेपण

काठमाडौं : पहेलो धातु सुनको मूल्य घट्ने क्रम जारी छ। नेपाल सुन चाँदी व्यवसायी महासंघ (नेगोसिडा)ले बुधबार छापावाल सुन प्रतितोला ४८ हजार रुपैयाँ मूल्य तोकेको छ।

बिदाका कारण तीन दिन पछि महासंघले मूल्य तोक्दा सुन एक हजार पाँच सय रुपैयाँले घटेको हो। पछिल्लो एक महिनामा छापावाल सुन प्रतितोला चार हजार रुपैयाँ भन्दा बढीले घटिसकेको छ।

असार ६ गते एक तोला सुनको मूल्य ५२ हजार दुई सय रुपैयाँ तोकिएको थियो। बुधबार तेजावी सुन प्रतितोला ४७ हजार सात सय ५० रुपैयाँ मूल्य तोकिएको छ। आइतबारको तुलनामा यसको मूल्य पनि एक हजार पाँच सय रुपैयाँले घटेको हो।
 
चाँदी पनि पाँच रुपैयाँ घटेर प्रतितोला छ सय ६५ रुपैयाँमा कारोबार भएको छ। पछिल्लो सुनको मूल्य पाँच वर्ष यताकै न्युन बिन्दुमा ओर्लिएको हो। यो अझै तल आउने अपेक्षा अन्तर्राष्ट्रिय बजारका लगानीकर्ताले गरेका छन्।
 
बुधबार भारतमा प्रति १० ग्राम सुनको मूल्य २४ हजार सात सय सात भारु रहेको छ। अघिल्लो दिनको तुलनामा यो एक सय ९० रुपैयाँ भारुले घटेको हो। अझै यसमा १० प्रतिशत भन्दा बढीले गिरावट आउने अपेक्षा गर्न थालिएको छ। त्यसो भएमा नेपालमा छापावाल सुनको मुल्य तोलामा ४५ हजार रुपैयाँ हाराहारीमा आउनेछ। अमेरकी अर्थतन्त्रमा आएको स्थायित्व र डलर बलियो भएका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थालेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell