PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

दोस्री ल्याएको दुई दिनमै हिरासतको हावा



दोस्री ल्याएको दुई दिनमै हिरासतको हावा

इलाम : बहुविवाह गरेको आरोपमा प्रहरीले इलाम कोल्बुङबाट एक दम्पतीलाई पक्राउ गरेको छ। एउटी पत्नी हुँदाहुँदै कान्छी ल्याएको आरोपमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले कोल्बुङका २९ वर्षीय प्रदीप लम्साल र उनकी कान्छी वेदकुमारी योगीलाई पक्राउ गरेको हो।
 
दुई दिनअघि दोस्रो विवाह गरेको भन्दै लम्सालकी जेठी पत्नी प्रमिलाले इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन्। प्रमिलाको जाहेरीपछि उनीहरुलाई गएराति घरबाटै नियन्त्रणमा लिएर हिरासतमा राखिएको र आवश्यक अनुसन्धानपछि बहुविवाहको आरोपमा मुद्दा चलाइने प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell