PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

प्रत्यक्ष निर्वाचितको पक्षमा नम्रताको स्वार्थ के?



प्रत्यक्ष निर्वाचितको पक्षमा नम्रताको स्वार्थ के?

  • पहिलोपोस्ट -
काठमाडौं : प्रत्यक्ष निर्वाचिन प्रधानमन्त्री र राष्ट्रपतिको व्यवस्था हुनुपर्ने अभियानमा छिन् अभिनेत्री नम्रता श्रेष्ठ। दस हजार हस्ताक्षर संकलन गर्न उनीसहितको समूह जुटेको छ। प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको पक्षमा उभिएकी उनको संविधानमा अन्य धारणा के छ त ? पहिलोपोस्टसँग संविधानमाथि नम्रताले छोटो कुराकानी गरिन् :
 

संविधानमा तपाईँका सुझाव के के छन् ?

म एक युवा भएकाले आफ्नो भविष्यको सुनिश्चितता गर्ने अवसर संविधानले दिलाउनुपर्छ भन्ने लाग्छ। खासगरी, मेरो धारणा भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्छ भन्ने हो। यसो गर्न सकियो भने जनताले आफूले चाहेको र खोजेकोजस्तो लिडरसिप पाउन सक्छन्। अहिलेसम्म हाम्रो देशले पाउन नसकेको नेतृत्व प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीबाट पाउनसक्छ।
 

प्रत्यक्ष निर्वाचित नै किन त ?

जनतालाई शक्तिशाली र राजनीतिमा आफ्नो अधिकार स्थापित गर्न पनि यो आवश्यक छ। अहिलेको सिस्टमले देशलाई राम्रो गरेन। कुशल नेता जन्माउन र देश विकासमा नागरिकलाई सहभागि गराउन पनि यसको आवश्यकता छ।
 

धर्मबारे तपाईंको धारणा के ?

सबै धर्म समान हुन् र धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने धारणा हो। एउटै फूलबारीमा सबै धर्मले आफ्नो धार्मिक स्वतन्त्रताको उपभोग गर्न पाउनुपर्छ भन्ने मलाई लाग्छ।
 

संविधानमा फिल्म क्षेत्रको तर्फबाट के के सुझाव दिनुहुन्छ ?

मस्यौदामा फिल्मलाई एड्रेस नगरिएकोमा मलाई दुःख लागेको छ। साहित्य र संगीतलाई सम्बोधन गर्ने तर चलचित्रलाई बेवास्ता गर्नुहुँदैनथ्यो। राज्यको नीतिमा चलचित्र नीति पनि समेट्नुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell