PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

​सुन एकैदिन ८ सय घट्यो, तोलाको ४७ हजार २ सय रुपैयाँ



​सुन एकैदिन ८ सय घट्यो, तोलाको ४७ हजार २ सय रुपैयाँ

काठमाडौं : सुनको भाउ २०६८ साउन पछिकै सस्तो भएको छ। चार वर्ष अघि साउन २३ गते तोलाको ४७ हजार पाँचसय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार तोलाको ४७ हजार दुईसयमा झरेको छ। 

निरन्तर ओरालो लागिरहेको सुनको भाउ हप्ताको अन्तिम दिन शुक्रबार तोलामा आठसय रुपैयाँले घटेको छ। विहीबार तोलाको ४८ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ४७ हजार दुईसय रुपैयाँमा झरेको छ ।

नयाँ आर्थिक वर्षको पहिलो दिनबाट सुनको भाउ ओरालो लागिरहेको छ। सुनचाँदी व्यवसायीहरुले सुनको भाउ अझै ओरालो लाग्ने अनुमान गरिरहेका छन्। सुनको भाउ तोलामा ४५ हजार रुपैयाँसम्म झर्न सक्ने अनुमान उनीहरुको छ। 

भारतमा पनि शुक्रबार सुनको भाउ घटेको छ। भारतमा सुन प्रति १० ग्राम २४ हजार पाँचसय ५६ भारतीय रुपैयाँमा कारोबार भइरहेको छ। विहीबार भारतीय बजारमा १० ग्राम सुनको मूल्य २४ हजार सातसय ९० भारुमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको भाउ तोलाको ६ सय ६० रुपैयाँ तोकिएको छ। विहीबार तोलाको ६ सय ६५ रुपैयाँमा किनबेच भएको चाँदी शुक्रबार पाँच रुपैयाँले सस्तो भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell