PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

प्लास्टिकका बोटलले बन्यो टौदहमा नमूना घर



प्लास्टिकका बोटलले बन्यो टौदहमा नमूना घर

काठमाडौँ : जताततै फ्याँकिने प्लास्टिकका बोटलले पनि घर बनाउन सकिन्छ? पत्याउन अलि गा‌ह्रो लाग्छ। तर अन्तराष्ट्रिय समूह 'पेट बोटल वर्ल्ड'ले काठमाडौँको टौदहमा एउटा नमूना घर बनाएर देखाएको छ।  

नेपालमा धेरैजसो घर इँट्टा, सिमेन्ट, काठ र माटो जस्ता गह्रुँगो चिजको प्रयोगले बन्ने हुँदा गएको भूकम्पमा हजारौं मानिसहरु आफ्नै घरका पर्खाल र छानाहरु झर्दा ज्यान गुमाउनु तथा घाइते हुनु परेको थियो।

यो अवस्थामा पेट बोटलले बनेका घरहरु अति सुरक्षित र आरामदायी हुने  सो नमूना घरका निर्माता जौन लाउमान बताउँछन्।  "प्लास्टिक पेट बोटलहरु नचर्कने तथा हलुका पनि हुने भएकोले यो अल्पकालीन तथा दीर्घकालीन दुवै प्रयोजनका घरकालागि नेपाल जस्तो भूकम्पीय दृष्टिकोणले जोखिमपूर्ण ठाउँहरुमा अत्यन्त उत्तम निर्माणको विकल्प हुन सक्छ।” 

उक्त घरको प्रदर्शनी साउन २६ देखि २८ गतेसम्म टौदहमा गरिने भएको छ। 
















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell